मगर संघको मागः ‘नयाँ सिमांकन सहितको मगरात प्रदेश’

'...मगर सघं गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका सिद्धान्त गर्जा निर्वाचित...'
-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, पुस २९, २०७५

नेपाल मगर संघ गण्डकी (मगरात) प्रदेश समितिको प्रथम अधिवेशन ११ बुँदे घोषणा पत्र सहित नयाँ नेतृत्व चयन गर्दै बागलुङमा सम्पन्न भएको छ ।

आइतवार सम्पन्न अधिवेशनले तनहुँका सिद्धान्त गर्जा मगरको अध्यक्षतामा ४५ सदस्यीय नेपाल मगर संघ गण्डकी प्रदेश समिति गठन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा बागलुङका गणेश बहादुर थापा मगर , हेम बहादुर बुढामगर (बागलुङ), मुख्य सचिवमाा विष्णु बहादुर रानामगर (पर्वत), सचिव देवीसरा पुलामीमगर (नवलपुर), हेमन्त थापा मगर (स्याङ्जा), महिला सचिव तारामाया थापा मगर (कास्की) कोषाध्यक्ष, तुलबहादुर सुनारी मगर (नवलपुर) र सहकोषाध्यक्ष मोहनबहादुर थापा मगर (गोरखा) चयन भएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापाले बताउनुभयो ।

यसैगरी, सदस्यहरुमा याम कुमारी राना, डिल बहादुर आलेमगर, नन्द बहादुर थापा मगर, भिम कुमारी आले, यन्द्र बहादुर थापा, पवित्रा थापा मगर, टक बहादुर राना मगर, इन्द्र माया राना मगर, सुस्मिता थापा मगर, उक्तम प्रसाद वकावल मगर, सिंह बहादुर ढेगामगर, रास बहादुर थापा, बुद्धिबहादुर थापा मगर, ज्ञानीसरा थापा मगर, दान बहादुर थावपा मगर, नारायण थापा मगर, लक्ष्मी राना, बालकुमार रोका मगर, अनिल रामजाली मगर, याम कुमारी गर्बुजामगर, बवानीशंकर पुन मगर, छविकला थापा मगर, योगेश भण्डारी मगर, जित बहादुर पुन मगर, याम बहादुर आले मगर रहनु भएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापाले बताउनुभयो ।

अधिवेशनबाट ११ बुँदे बागलुङ घोषणा पत्र समेत जारी गरेको छ । घोषणापत्रमा नेपालको संविधान २०७२ द्धारा टुक्राइएको मगरातभूमीलाई भौगोलिक निरन्तरताका आधारमा एकताबद्ध गर्दै नयाँ सिमाङ्गन सहित मगरात प्रदेश प्राप्तिको लागि संघर्ष जारी राख्ने, संविधानले सुनिश्चित गरेका स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको व्यवस्थालाई कार्यान्वयन गर्न संघर्ष गर्ने उल्लेख रहेको नवनिर्वाचित अध्यक्ष सिद्धान्त गर्जाले बताउनुभयो । ‘नयाँ सिमाकंन भनेको हाल कायम गरिएको होइन, राज्य पुर्नसंरचना समितिले प्रस्ताव गरेको ११ प्रदेशको सिमांकन हो,’ उहाँले भन्नुभयोे, ‘त्यस अनुसार गरिए पछाडी पारिएका समुदायका लामो समयदेखी उठाएका माग सम्बोधन हुन सक्छ ।’

घोषण पत्रमा मगरको लिखित, अलिखित इतिहास मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको पहिचान, संरक्षण र सम्बद्र्धन गर्ने गरी भाषिक र साँस्कृतिक विश्वविद्यालय स्थापना गर्ने, राज्यको निरन्तर साँस्कृतिक भाषिक हस्तक्षेपको विरुद्ध संघर्ष गर्ने, साँस्कृतिक पर्वहरुलाई राष्ट्रिय पर्वको रुपमा घोषण गरी राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकार समक्ष माग गरिएको छ । संघले नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृती दिवसको रुपमा फाल्गुन २ लाई सहिद दिवस घोषण गर्न सरकारसँग माग गरेको छ ।

अधिवेसनमा गण्डकी प्रदेशका १० जिल्लाका ७४ स्थानीय तहबाट तीन सय प्रतिनिधि सहभागी भएका थिए ।