आगोलागीबाट ताराखोलामा ३ बालबालिकाको मुत्यु

-- / प्रकाशित मिति : मङ्लबार, पुस २४, २०७५

बागलुङ जिल्लाको सदरमुकामदेखि पश्चिम ताराखोला गाउँपालिका वडा नम्बर ४ मा भएको अगलागिमा परि ३ जना बालबालिकाको मृत्युु भएको छ ।
तारा गाउँ वडा नम्बर ४ मा आगो ताप्ने क्रममा यामबहादुर खत्रीको दुई तले कच्ची गोठमा आगो लाग्दा सोही गाउँपालिकाका रूद्रबहादुर रोकाका ६ बर्षिय छोरा रतिश रोका, डिल बहादुर घर्तीको ६ बर्षिय छोरी ऋतु रोका र ४ बर्षिय छोरा आयुष रोकाको आगलागिमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दिउँसो ४ बजेदेखि लागेको आगो इलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरी टोलिले बेलुका ७र१५ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।