शारीरिक अपाङ्गता भएकालाई सम्मान

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, पुस २३, २०७५

वीण खड्का स्मृति सेवा कोष बागलुङले अपाङ्गताको क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान र शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ ।

बागलुङ नगरपालिका–२ का स्व प्रवीण खड्काको स्मृतिमा स्थापित कोषद्वारा आइतबार आयोजित एक समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको हो । अपाङ्गताको क्षेत्रमा योगदान पु¥याएबापत पर्वत, फलेवासका जगन्नाथ शर्मा नगद रु पाँच हजारसहित सम्मानित हुनुभएको हो ।

पुरस्कृत हुनेमा पर्वत घर भई बागलुङको जनताधन माविमा अध्ययनरत न्यून दृष्टियुक्त छात्रा दिनाकुमारी पाण्डे र बौद्धिक अपाङ्गतातर्फ बागलुङ विशेष बाल कक्षामा अध्ययनरत कमला थापा हुनुहुन्छ ।

त्यस्तै बहिरा व्यक्तितर्फ कोहलपुर घर भई धौलागिरि बहिरा आवसीय विद्यालय बागलुङमा अध्ययनरत विनिता डिसी र शारीरिक अपाङ्गतातर्फ धौलागिरि बहुमुखी क्याम्पसमा अध्ययनरत बागलुङ, बोहोरागाउँका विष्णुप्रसाद पौडेल पुरस्कृत हुनुभएको हो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, कोषका अध्यक्ष काजी रोशन र प्रधान संरक्षक धर्मकुमारी खड्काले पुरस्कृत विद्यार्थीलाई संयुक्तरुपमा जनही रु पाँच हजारसहित पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।