शनिबार देखि हराएका युवा मृत भेटीए

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, पुस २३, २०७५

बागलुङको गल्कोटमा सोमबार एक युवा मृत भेटीएका छन् । गत शनिवारदेखी हराई रहेका गल्कोट नगरपालिका–५ मान्धाराका २५ बर्षिय मनोज बस्नेत मृत भेटीएका हुन् । गल्कोट नगरपालिकामा रहेको भैसेदानसिंह डाँडा सामुदायीक बनको भिरमुनी बस्नेत मृत भेटीएको ईलाका प्रहरी कार्यालय गल्कोटले जनाएको छ ।

सामुदायीक बनमा रहेको पैदल मार्ग देखी झण्डै एक सय मिटर तल उनको शब भेटेपछी स्वथानियले प्रहरीलाई खवर गरेका थिए । खवर पाएलगत्तै घटना स्थलमा पुगेको प्रहरीले बस्नेतको शवलाई पोष्टमार्टमका लागि प्राथमीक स्वास्थ्य केन्द्र हरिचौरमा ल्याईएको प्रहरी निरिक्षक केसव सिंह थापाले बताए । शनिवार दिउँसो २ बजे घरबाट निस्कीएका बस्नेतले नजिकै रहेको खाजा खरमा पुगर मधिरा सेवन गरेको र त्यहाँबाट हिँडेको प्रहरीको प्ररम्भीक अनुसन्धानले देखाएको छ ।

अत्याधिक मधिरासेवन गरी भिरालो बाटो हिँड्दा चिप्लीएर लडेको हुन सक्ने प्रहरीले जनाएको छ । बस्नेतका बाबु कामको शिलशिलामा धनगडीमा रहेको र उनि आएलगत्तै बस्नेतको शव परिवारको जिम्मा लगाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान सुरु गरीएको प्रनि थापाले बताए ।