विद्यालयलाई कुर्चि सहयोग

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, पुस २१, २०७५

रुद्रेपिपल माध्यामिक विद्यालय बागलुङलाई एक सामाजिक संस्थाले कुर्सि सहयोग गरेको छ । गोर्खा वेलफेयर ट्रस्ट पोखराले विद्यालयमा आवश्यक ५२ वटा कुर्सि सहयोग गरेको हो ।

ट्रष्टले शुक्रबार एक समारोहको आयोजना गरी तिन लाख मुल्य बराबरका कुर्सि हस्तान्तरण गरेको हो । कार्यक्रममा गार्खा वेलफेयर ट्रस्टका सोवित हमालले विद्यार्थीहरुको सहयोगका लागि आँफुहरुले सहयोग गरेको बताउनुभयो । बिद्यार्थीको उज्वल भविश्यको लागि सहयोग गर्नु सबैको कर्तव्य भएको भन्दै हमालले आगामि दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सामुदायीक विद्यालयहरुमा हुने अभावहरुलाई टार्न सामाजिक संस्थाहरुले सामुहीक पहल थाल्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा समाजसेवी दुर्गाबहादुर हमाल, एसिस्टेन्ट वेलफयर अफिसर भुपेन्द्र शही, शिक्षक प्रकाश आचार्य, लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम रुद्रेपिपल माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेश श्रेष्ठको अध्यक्षता र र शिक्षक सोमनाथ शर्माको संञ्चालनमासम्पन्न भएको थियो ।