विद्युतका कार्मचारी मृत भेटीए

-- जिवन थापा मगर / प्रकाशित मिति : शनिबार, पुस २१, २०७५

नेपाल बिद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारी मृत भेटीएका छन् ।

पर्वतको मोदिखोला गाउँपालिका घर भइ बितरण केन्द्र बागलुङमा कार्यरत खुमबहादुर लामिछाने शुक्रवार मृत भेटीएका हुन् ।

बागलुङ बजार नजिकै कोखोला छेउमा लामिछाने मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कोखोला छेउमा रहेको बिद्युत गृह नजिकै लामिछानेलाई मृत भेपछि स्थानियले प्रहरीलाई खवर गरेको प्रहरी उपरिक्षक दिपक रेग्मीले जानकारी दिनुभयो ।
शुक्रबार बिहानै घटनास्थल पुगेको प्रहरीले लामिछानेको शवलाई धौलागिरी अञ्चल अस्पतालमा पोष्टमार्टम पछि परिवारको जिम्मा लगाएको छ । मदिरा र चिसोका कारणले लामिछानेको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।