ट्याक्टरको इञ्जिन बोडी कालीगण्डकीमा खस्यो

-- जिवन थापा मगर / प्रकाशित मिति : शनिबार, पुस २१, २०७५

म्याग्दीको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका ३ चमेरे खण्डबाट ट्याक्टर कालीगण्डकीको किनारमा खस्दा चालक वेपत्ता भएका छन् ।

पुष १६ गते सोमबार शिख देखि बेनी आउदै गरेको ग १ त ३७४३ नम्बरको ट्याक्टरको (ईञ्जिन बोडी) अगाडीको भाग कालीगण्डकीमा खसेको थियो ।

ट्याक्टरको ट्रली सडकको छेउ र बोडी कालीगण्डकीको किनारमा भेटिएपनि चालक दाङका २२ वर्षीय दशरथ चौधरी वेपत्ता रहेको प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढाले बताउनुभयो ।

शुक्रबार शसस्त्र प्रहरी बलको गोटाखोरको टोली ल्याएर दुर्घटना स्थल नजिकै कालीगण्डकी नदीको भंगालोमा खोजी गरिएको शसस्त्र प्रहरी बलको गलेश्वर स्थित गुल्मका प्रहरी नायव उपरिक्षक अनील कार्कीले जानकारी दिनुभयो । गोटाखोरको टोलीले खोजी गरिएपनि चौधरीको अवस्था पत्ता लाग्न सकेको छैन ।