महोत्सवको तयारी तिब्र

आगामि पुसको २७ गतेदेखी सुरु हुने प्रथम जैमिनी महोत्सवको तयारी तिव्र पारिएको छ । सहारा क्लव कुश्मीशेराले महोत्सवको तयारीलाई तिब्र बनाएको हो ।
महोत्सवको लागि आवश्यक पुर्वाधार निर्माण, आर्थिक संकलन, प्रतियोगिताहरुका लागि आवश्यक सामग्रिको तयारी, निमन्त्रणा लगायतका कार्य तिब्र बनाईएको सहारा क्लव कुश्मीशेराका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेका शैक्षिक तथा कृषि प्रदर्शनीको तयारीलाई समेत तिब्र बनाईएको सुनारले जानकारी दिनुभयो ।
जैमिनी नगरपालिकाको शिक्षा शाखाको सहयोगमा शैक्षिक प्रदर्शनीको तयारी भैरहेको छ भने कृषि तथा पशुसेवा शाखाको सहयोगमा कृषि प्रदशर्नीको तयारी भैरहेको छ । सहरा मैदानमा हुने महोत्सवको लागि मैदानको व्यवस्थापन, रमाईलो मेला, स्टल निर्माण र मैदान सम्म पुग्ने सडकको मर्मत लगायतका कामलाई समेत तिब्र बनाईएको क्लवका सचिव दिलिप थापाले बताउनुभयो ।
स्थानिय लोक संकृतिको प्रदर्शनको तायरी भैरहेकाले जैमिनी नगरपालिकाका सबै वडा सँगको सहकार्यमा स्थानिय कला संकृतिको खोजी र प्रदर्शनका लागि तयारीका कामले समेत तिब्रता पाएका छन् । महोत्सवको मुख्य समारोह माघ १ गते उपराष्ट्र पति नन्द किसोर पुनले उद्घाटन गर्ने तय भएको सहारा क्लवले जनाएको छ । ७ दिन लामो महोत्सवको पुस २७ गते देखी सुरु हुने भएपनि माघ १ गते मुख्य समारोहको आयोजना गरीएको हो । ऐतिहाँसीक माघेशक्रान्ति मेलालाई यस बर्ष प्रथम जैमिनी महोत्सवको रुपमा मनाउन लागिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा राष्ट्रिय भजन...
मङ्लबार, फाल्गुन ७, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च पदस्थ व्यक्तिको...
मङ्लबार, फाल्गुन ७, २०७५

पर्वतको विहादी गाउँपालिका–५ उरामपोखरीमा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु...
मङ्लबार, फाल्गुन ७, २०७५
प्रमुख समाचार

म्याग्दीको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका ३ चमेरे...

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि आधारभुत पत्रकारिता तालिम...
ताजा अपडेट

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा...

सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च...