थप १५ जातीय र धार्मिक पर्वमा सार्वजनिक विदा दिने प्रस्ताव

सरकारले आगामी वर्ष २०७६ सालमा थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको छ ।
आदिवासी जनजाति महासंघलगायत बिभिन्न संघ संस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक बिदा नदिएकोमा आन्दोलन गर्दै आएका थिए ।
बिभिन्न जातीय तथा धार्मिक संघ संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालका लागि थप गरिने सार्वजनिक विदाहरुको प्रस्तावित विवरण तयार पारेको छ । गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको विदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक विदाको प्रस्ताव गरेको छ ।
२०७५ सालमा घोषणा भएका सार्वजनिक विदाहरु यथावत राख्दै सरकारले थप पर्वमा विदा दिन लागेको हो । यस वर्ष कतिपय जातीय पर्वहरुमा सम्बन्धित जातिको घनत्व रहेका प्रदेशमा मात्र सम्बन्धित प्रदेश सरकारले विदा घोषणा गरेका थिए ।
आगामी वर्षदेखि किरात समुदायको चाड उभौलि र उधौलीमा बैशाख तथा मंसिर पूर्णिमा दुई दिन सार्वजनिक विदा दिन प्रस्ताव गरिएको छ । आदिवासी जनजाति महासंघको मागबमोजिम सो विदा प्रस्ताव गरिएको हो ।
त्यस्तै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन लगायत मुस्लिम संस्थाहरुको माग बमोजिम इदुल पित्र,बकरइद र मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने प्रस्ताव गरिएको छ । यसो हुँदा मुस्लिम समुदायले मनाउने तीनवटा पर्वमा विदा हुनेछ ।
क्रिश्चिनय महासंघको माग तथा विदा पुनरावलोकन गर्न सर्वोच्च अदालतको आदेशलाई समेत मध्यनजर गर्दै डिसेम्बर २५ मा क्रिसमसको दिन सार्वजनिक विदा दिन प्रस्ताव गरिएको छ ।
अर्को वर्षदेखि गुरुङले मनाउने तमु ल्होसार, तामाङको सोनाम ल्होसार र शेर्पाको ग्याल्वो ल्होसारमा पनि सार्वजनिक विदा प्रस्ताव गरिएको छ । छठ पर्वमा पनि विदा प्रस्ताव गरिएको छ ।
महिलावादीहरुले ऋषि पञ्चमीलाई बहिस्कार गर्नुपर्ने भनिरहेका बेला सरकारले भने ऋषि पञ्चमीको दिन महिलाहरुलाई मात्र सार्वजनिक विदा दिने प्रस्ताव गरेको छ । यसअघि पनि ऋषि पञ्चमीमा महिलालाई विदा दिने चलन थियो ।
पछिल्लो पटक महिलावादीहरुले सो पर्व महिलाविरोधी रहेको भन्दै विदा कटौतीको माग गरेका थिए । तर राष्ट्रसेवामा कार्यरत महिलाहरुको माग बमोजिम पुनः ऋषि पञ्चमीमा महिलालाई विदा प्रस्ताव गरिएको हो ।
यसका साथै माघ १ गते थारु समुदायको माघी पर्व र नेपाल ब्राम्हण समाजको माग बमोजिम जनैपूर्णिमामा पनि सार्वजनिक विदा दिने प्रस्ताव गरिएको छ । सो प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

पर्वतको बिहादी गाउँपालिकामा प्रहरी चौकीको भवन निर्माणको लागि स्थानीय समाजसेवीले निशुल्क...
मङ्लबार, फाल्गुन ७, २०७५

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा राष्ट्रिय भजन...
मङ्लबार, फाल्गुन ७, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च पदस्थ व्यक्तिको...
मङ्लबार, फाल्गुन ७, २०७५
प्रमुख समाचार

म्याग्दीको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका ३ चमेरे...

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि आधारभुत पत्रकारिता तालिम...
ताजा अपडेट

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा...

सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च...