रितु थापा मगर गायिकामा मात्र नभई नायिकामा पनि फिट……नयाँ लोकदोहोरि रोधि राम्रो…..

दुःखसँग कहिले पनि नडराउने जस्तो सुकै परिस्थितिसँग पनि लड्न सक्ने जति कष्ट परेपनि हासेर सामना गर्दै आएकि एक साहसि गायिका अथवा मोडल हुन रितु थापा मगर । उनको सानै देखिको कलाकार बन्ने सपना उनि घरबाट भागेर भएपनि पुरा गरेकि छिन् । त्यो बिरानो शहर नत उनले कहिले देखेको नत कसैसँग चिनजाननै थियो उनको । तैपनि उनि नडराई हजारौ कष्टसँग सामना गर्दै काठमान्डौ छिरेकि उनि अहिले सबैको प्रिय गायिका र मोडलको रुपमा चिनिन थालिन ।
बाग्लुगं सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित बाग्लुङ न्यू ईयर सांगितिक सॉझमा बाग्लुङे चेली, निकै मिठो स्वरकी धनि गायिका रितु यति बेला कोरिया भ्रमणमा छिन उनै लोक प्रिय गायिका रितु थापा मगरको मौलिक दोहोरी गीत रोधी राम्रो नामक गीत बजारमा आएको छ।
कोरिया जानु भन्दा अगाडि रितु थापा मगरले रोधि राम्रो घन्किने मादलले बोलको लोक दोहोरी गित बजारमा सार्वजानिक गरिन । यसभन्दा पहिले रातो अबिर पहेंलो केसरी,सुन्ने भयो सारा गॉऊ घर दशै गीत,तिम्रो बुढो बिदेश,पन्चे बाजाका गीतहरु जस्ता अन्य दर्जनौ गीतहरूमा स्वर दिई सकेकी छिन्। उनी सृजनामा पनि उत्तिकै माहिर छिन । आफ्नै लय शब्दमा रोए धर्केर नामक दोहोरी गीत बजारमा लिईसकेकी रितुलाई रातो लालि आखैमा गाजलले सुन्दरी देखे पछि गायक खत्रिले पनि गायिका थापालाई नै मन परेको खुलासा गरेका छन भने उता गायिका रितु थापा मगर मान्छे सानि भए पनि बैँस जोवन चढि सकेकोले सिउदो खाली भएको वास्तविक रहस्य खोलेकी छिन ।
यसरी माया प्रेम एक अर्काले मन परायको कुरा यस गितमा प्रस्ट थाहा पाउन सकिन्छ ,चर्चित गायक बिष्णु खत्रीको शब्द,लय स्वरमा गायिका रितु थापामगर ले साथ दिएकी छिन, चर्चित मोडल शंकर बिसि र गायिका थापाको नृत्य रहेको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन । बिनोद बाजुरालीको एरेन्जमा रहेको गीत मालाश्री स्टूडियोमा रेकर्ड भएको हो ।
राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको गीत रितु थापा मगरकै आफ्नै यूट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

चलचित्र ‘मनपरेको फुलको’को ट्रेलर बिहिबार बागलुङमा सार्वजनिक गरिएको छ । बागलुङका कलाकार...
बिहिबार, माघ १७, २०७५

विश्व प्रसिद्ध दश भनाईहरु हेर्नको लागि यहाँ क्लिक गर्नुस् । ________________________________________________________________________________________________________________ ...
सोमवार, माघ १४, २०७५

एक जोडि प्रेमिहरु एक जो अर्कालाई धेरै माया गर्दथे, एक दिनको...
बुधबार, पुस २५, २०७५
प्रमुख समाचार

म्याग्दीको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका ३ चमेरे...

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि आधारभुत पत्रकारिता तालिम...
ताजा अपडेट

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा...

सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च...