५ दिन अघि फेला परेको बेवारिसे सबको पहिचान हुन सकेन

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : आइतवार, पुस १५, २०७५

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजामा ५ दिन अघि फेला परेको वेवारिसे सबको पहिचान हुन सकेको छैन ।

पुस ११ गते दरमिजा गाउँदेखि तल रहेको भिरबाट लडेर मृत्यु भएको अवस्थामा भारतीय मुलको नागरिकको शब फेला परेको थियो ।

भिरमा लडेको अबस्थामा फेला परेको सबलाई उद्धार गरि शब परिक्षणको लागि बेनी अस्पतालको शब गृहमा राखिएको भएपनि अहिलेसम्म कोही आफन्त सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नाम, उमेर नखुलेको सब फेला परेपछि हुलिया परिपत्र गरिएपनि अहिलेसम्म शबको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक बिरबहादुर बुढा मगरले जानकारी दिनुभयो । शब हेर्दा अन्दाजी ३५ बर्षको जस्तो देखिएको र केही दिन आफन्तको खोजी गरिने र कोहीपनि शब बुझ्न नआए कानुन बमोजिम सबको परिक्षण गरि अन्त्योष्टि गरिने प्रहरी नायव उपरिक्षक बुढामगरले बताउनुभयो ।