ट्यालेण्ट अफ धौलागिरीको गायन विधाको तेस्रो चरण सम्पन्न

तेस्रो अडिसनमा १९ जना प्रतियोगीको सहभागी
-- धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, पुस ७, २०७५

धौलागिरी एफएफले आयोजना गरेको ट्यालेण्ट अफ धौलागिरीको गायन विधाको तेस्रो चरण शनिवार सम्पन्न भएको छ । धौलागिरीको पहिलो एफएफ धौलागिरी एफएम बागलुङद्धारा आयोजित गायन विधाको दोस्रो अडिसनवाट छनोट भएर तेस्रो राउण्डमा प्रवेश गरेका कलाकार विच शनिवार प्रतिपर्धा भएको धौलागिरी एफ एमका स्टेशन म्यानेजर दिल शिरिषले बताउनुभयो ।

ट्यालेन्ट अफ धौलागिरीको गायन विधामा प्रथम हुने प्रतियोगीले रु ५० हजार र द्धितिय हुने प्र्रतियोगीले रु २५ हजार प्राप्त गर्ने धौलागिरी एफ.एम प्रा.लीका अध्यक्ष हरिनारायण गौतमले जानकारी दिनुभयो । धौलागिरी एफएम बागलुङले आयोजना गरेको ट्यालेण्ट अफ धौलागिरीको वाककला र अभिनय भने धौलागिरी एफएमको १४ औ वार्षिक उत्सवमा सम्पन्न भएको थियो ।

ट्यालेण्ट अफ धौलागिरीको गायन विधामा अजय बिसी ,बर्षा राई ,बिष्णु थापा, देवी थापा दिविना पुन, दिपेन थापा, गंगाबहादुर सुनार , हुमन थापा, कृष्ण परियार कुसुम पुन , किसोर थापा, लक्ष्मण क्षेत्री, लिजा छन्त्यालले प्रतिस्पर्धा गरेका छन् ।
त्यस्तै पुजा किसान, रिना केसी ,सुगम थापा, सुश्मा श्रीस, टिना थापा , तुफान थापा तेस्रो राउण्डमा शनिवार प्रतिपर्धा गरेको एफ एमले जनाएको छ ।

ट्यालेण्ट अफ धौलागिरीको गायन विधामा ४३ जनाको सहभागी थियो भने दोस्रो अडिसनमा ३० जना छनोट भएका थिए । तेस्रो अडिसनमा १९ जना प्रतियोगीले भाग लिएका थिए । ट्यालेन्ट अफ धौलागिरीको गायन विधामा बागलुङ, पर्वत र म्याग्दीका कलाकारले भाग लिएको एफ एमले जनाएको छ ।

धौलागिरी एफ.एम प्रा.ली बागलुङ द्धारा आयोजित ट्यालेन्ट अफ धौलागिरीको गायन विधाको निर्णायक चर्चित मोडल तथा राष्ट्रिय कलाकार प्रकाश सपुत , संगितकार तथा राष्ट्रिय कलाकार बिबि अनुरागी र राष्ट्रिय कलाकार तथा संचार कर्मी कृष्ण जि.सीले रहनुभएको छ ।