आइटीफ तेक्वान्दो प्रतियोगिता हुने

-- Dhaulagiri Fm / प्रकाशित मिति : मङ्लबार, पुस ३, २०७५

बागलुङको निसीखोला गाउापालिका वडा नं.–२ जुग्जाखोलामा आगामी पौष १० र ११ गते प्रथम खुल्ला आमन्त्रण तेक्वाण्दो प्रतियोगिता हुने भएको छ ।
गोल्डेन फ्यूचर तेक्वान्दो डोजाङको आयोजना, गण्डकी प्रदेश तेक्वान्दो संघको सह–आयोजना तथा अन्तराष्ट्रिय तेक्वान्दो महासंघ नेपालको संरक्षणमा पुस १० र ११ गते प्रतियोगिता सञ्चालन हुनेछ ।
तेक्वान्दो खेलको विकास, संरक्षण तथा खेलाडिहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्धेश्य सहित प्रतियोगिताको आयोजना गरिएको गोल्डेन फ्यूचर तेक्वान्दो डोजाङका अध्यक्ष तथा कार्यक्रम संयोजक अभिषेक छन्त्यालले जानकारी दिनुभयो ।
निसीखोला गाउापालिका–२ जुग्जाखोला बजारमा हुने उक्त प्रतियोगितामा बिभागिय टिम बाहेकका देशभरबाट दुई सय बढि खेलाडीको सहभागिता रहने संयोजक छन्त्यालले बताउनुभयो । छन्त्यालका अनुसार प्रतियोगितामा पुरुष जुनियर तर्फ २० देखि ६० के.जी तौल सम्मका कलर बेल्ट खेलाडि, पुरुष सिनियर तर्फ ४५ देखि ६० केजी तौल सम्मका व्ल्याक वेल्ट खेलाडि, महिला जुनियर तर्फ २० देखि ५० केजी तौल सम्मका कलर वेल्ट खेलाडि र महिला सिनियर तर्फ ४० देखि ५५ केजी तौल सम्मका व्ल्याक वेल्ट खेलाडिहरुको प्रतिस्पर्धा हुनेछ । त्यसैगरी स्पेशल फ्रि स्पायरिङ समेत हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिव १४ लाख रुपैयाा सम्मको खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।