धौलागिरी अञ्चल अस्पतालको सुधारको लागि पहल गर्दै

-- Dhaulagiri Fm / प्रकाशित मिति : मङ्लबार, पुस ३, २०७५

धौलागिरी अञ्चल अस्पताल बागलुङमा दरबन्दी अनुसार डाक्टर ल्याउन पहल गरिरहेको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष के.वि रानाले बताउनुभएको छ ।

सोमबार धौलागिरी सञ्चार क्लबले बागलुङमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष रानाले जनताको सेवा सुविधाका लागि दरबन्दी अनुसारको डाक्टर ल्याउन निरन्तर लागिरहेको बताउनुभयो ।

अहिले जिल्लामा सोचे अनुसारको सेवा अस्पतालले दिन नसक्ने सेवाग्राहिको गुनासो रहेकोले यसको लागि प्रयासरत रहेको उहााको भनाई छ । जिल्लामा आउने डाक्टरहरुलाई बस्ने बाताबरण नभएको हुादा डाक्टरहरु यहाा नबस्ने गरेको पाइएकाले त्यसका लागि पनि समितिले योजना बनाइरहेको उहााको दाबि थियो ।

अहिले अस्पतालमा विरामीको लागि सेवा सुविधाका लागि राम्रा सुधार र व्यवस्थापनको प्रयास भएकाले अब अस्पतालको बिगतको छापमा बदलाव आउने उहााले बिश्वास पनि व्यक्त गर्नुभयो । अस्पताल भित्रकै कर्मचारीहरुले बाहिरी क्लिनिकमा रिफर गर्ने, ड्युटीको समयमा पनि बेवास्ता गर्ने गरेको गुनासो आएकाले यस बिषयमा पनि ध्यानाकर्षण गराइएको अध्यक्ष रानाले बताउनुभयो ।

कार्यक्रममा समितिका सदस्य शालिग्राम शर्माले अस्पतालको विकासको लागि सबैको साथ सहयोगको जरुरी रहेको बताउनुभएको थियो ।

कार्यक्रम धौलगिरी संचार क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता र सदस्य कृष्ण काडेलको संचालनमा सम्पन्न भएको थियो ।