बेनी–जोमसोम–कोरला सडकमा ३१ पुल आवश्यक

-- dhulagiri fm / प्रकाशित मिति : मङ्लबार, पुस ३, २०७५

उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकमा कुल ३१ वटा पक्की पुलको आवश्यकता पर्ने करिडोर सडक आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख नरेन्ऽ सुबेदीले बेनी देखि जोमसोम सम्मको सडकमा ९ वटा र जोमसोम देखि कोरला सम्मको सडकमा ४ वटा पक्की पुलहरु निर्माणधिन अवस्था र केहीको ठेक्का प्रक्रियामा रहेको बताउनुभयो ।

व्यवस्थापनको चरणमा रहेका पुलहरुमा बेनी देखि जोमसोम सम्मको सडकमा ८ वटा र जोमसोम देखि कोरला सम्मको सडकमा ६ वटा पक्की पुल छन् । यसका अतिरिक्त पुल सेक्टर पाल्पाले २ वटा र डोलिडारले १ पुलको जिम्मा लिएको आयोजना प्रमुख सुबेदीले बताउनुभयो ।
बेनी देखि जोमसोम सडकमा निर्माणाधिन अवस्था र ठेक्का व्यवस्थापनको चरणमा रहेका पुलहरुमा राहुघाट खोला गलेश्वर,घट्टे खोला दाना,रुप्से खोला दाना,खहरे खोला घासा,लेते खोला लेते,छाक्ताङ खोला छाक्ताङ,मार्फा खोला मार्फा र स्याङ खोला छन् । यस्तै,जोमसोम देखि कोरला सम्मको सडकमा पान्डा खोला, कागबेनी खोला,छुसाङ खोला र चराङ खोला छन् ।

आयोजनाको सुचिमा व्यवस्थापनको चरणमा रहेका पुलहरुमा बेगखोला म्याग्दीद्धारा खोला दाना,काईको खोला घासा, सेतो खोला लेते,बोक्सी खोला, लार्जुङ खोला लार्जुङ,थापाखोला टुकुचे, समर खोला समर,घमी खोला ,लोमान्थाङ खोला,किम्लिङ खोला,नाम्डोल खोला र भर्मा खोला छन् । यी पुलहरुको हाल सम्म करिडोर सडक आयोजनालाई बजेट बिनियोजन नभएको आयोजना प्रमुख सुबेदीले जानकारी दिनुभयो ।