छात्र भलिबल प्रतियोगिता सम्पन्न

धौलागिरी बहुमुखी क्याम्पसमा क्रियाशिल नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीको संयुक्त आयोजनामा संकाय स्तरीय छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
नवआगन्तु विद्यार्थीहरुलाई स्वागत सहित विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित संकाय स्तरीय छात्र भलिबल प्रतियोगिता बिबिएस संकाय प्रथम, बिएसी संकाय द्धितिय भएका छन् ।
यस्तै छात्रा रस्साकस्सी प्रतियोगितामा ज्योती क्षेत्री र अमृता क्षेत्रीको समहु प्रथम एवं सरु गौतमको समुह द्धितिय भएका छन् ।
भलिबल प्रतियोगिताको प्रथम र द्धितिय हुने टिमलाई क्रमश: नगद ५ हजार र २ हजार ५ सय रुपैयाा सहित मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
यस्तै संकाय स्तरीय छात्रा लठ्ठो तान्ने प्रतियोगिताको प्रथम र द्धितिय हुने टिमले क्रमश: २ हजार र १ हजार रुपैयाा प्राप्त गरेका छन् ।
कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय खेल क्षेत्रमा रुची राख्नेको संख्या बढ्दै गएकाले खेल क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अनेरास्ववियु जिल्ला सचिव शिव शर्माले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम अनेरास्ववियु जिल्ला सचिवालय सदस्य रोशन कुावरको अध्यक्षता, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य जिवन शर्माको स्वागत मन्तव्य र अनेरास्ववियुका जिल्ला सदस्य अनिल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा राष्ट्रिय भजन...
मङ्लबार, फाल्गुन ७, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च पदस्थ व्यक्तिको...
मङ्लबार, फाल्गुन ७, २०७५

पर्वतको विहादी गाउँपालिका–५ उरामपोखरीमा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु...
मङ्लबार, फाल्गुन ७, २०७५
प्रमुख समाचार

म्याग्दीको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका ३ चमेरे...

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि आधारभुत पत्रकारिता तालिम...
ताजा अपडेट

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा...

सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च...