नव कालिगण्डकी सहकारीको पौने पााच करोड लगानी

-- Dhaulagiri Fm / प्रकाशित मिति : सोमवार, पुस २, २०७५

उत्तरी पर्वतको जलजला गाउापालिका ३ पर्वत बेनीमा सञ्चालित नव कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कृषि,पशुपालन,शैक्षिक,गृह निर्माण,व्यापारिक र वैदेशिक क्षेत्र गरी पौने पााचकरोड रुपियाा लगानी गरेको छ ।
आइतवार पर्वत बेनीमा आयोजित सहकारीको १३ औं वार्षिक साधारणसभा तथा पााचौ अधिवेशनमा संस्थाले गत आर्थिक वर्ष २०७४र०७५ मा चार करोड ८९ लाख ६९ हजार एकसय ५२ रुपियाा ऋण लगानी गरेको जानकारी गराइएको थियो ।
जलजला गाउापालिकालाई कार्यक्षेत्र बनाएर २०६३ मा स्थापना भएको सहकारीमा एकसय ३२ जना शेयर सदस्यहरु छन् । सहकारीको शेयर पुाजी एक करोड ६६ लाख २६ हजार ६ सय रुपियाा रहेको छ भने निक्षेप चार करोड ३५ लाख ९४ हजार ८ सय तिस रुपियाा रहेको छ । गत आर्थिक वर्षमा करिब सात करोड ५८ लाख रुपियाा बरावरको आर्थिक कारोवार गरेको सहकारीको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष एवम् जलजला गाउापालिका ४ नम्बर वडाका वडा अध्यक्ष भिष्म मल्लले सहकारीले समाजमा सामुहिक भावनाको वृद्धि गर्ने बताउनुभयो ।