‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा स्थानीय तहका कर्मचारी

बागलुङ जिल्लामा कार्यरत स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरु आवद्ध बागलुङ नगरपालिका कर्मचारी ट्रेड युनियनले आइतवार पत्रकार सम्मेलन गरि कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरिएको जनाएको छ ।
निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेश विरुद्ध आन्दोलनमा जान बाध्य हुनु परेको नगरपालिका कर्मचारी एसोशियसनका केन्द्रिय उपाध्यक्ष युक्तप्रसाद सुवेदीले बताउनुभयो ।
संघले साविकको स्थानीय निकायमा कार्यरत श्रेणीविहिन कर्मचारीहरुको तह, सेवा र सुविधा तत्काल वृद्धि गर्न पनि सरकारलाई दवाव दिएको छ । आफ्ना मागहरुलाई अझै बेवास्ता गरिए सोमवारदेखी चरणवद्ध आन्दोलन गर्ने सघंले बताएको छ । जस अनुसार, सोमवार सांकेतिक बिरोध स्वरुप स्थानीय तहमा कामकाज बन्द गरि कार्यालयमै धर्नामा बस्ने, ३ गते विहान १० देखी १२ बजे सम्म धर्ना, ४ गते दिउसो २ बजे सम्म धर्ना, ५ गते सम्म दिउसो ३ बजे सम्म कामकाज ठप्प, ६ गते दिनभर कालोपट्टि बााधेर दिनभर कामकाज ठप्प गर्ने घोषणा गरेको छ । चरणवद्ध कार्यक्रमबाट पनि माग सम्वोधन नभए आन्दोलनलाई थप सशक्त पार्ने चेतावनी दिएको छ ।
उपाध्यक्ष सुवेदीले निजामति कर्मचारीहरुलाई अघि सारेर आफूहरुलाई विभेद नगर्न सरकारलाई पटक पटक आग्रह गरिए पनि बेवास्ता गरिएकाले आन्दोलनमा उत्रिनु पर्ने अवस्था आएको बताउनुभयो ।
सरकारले प्रदेश र स्थानीय तहको कर्मचारी समायोजनको नाममा निजामति कर्मचारीहरुलाई मात्रै प्रोत्साहन गर्ने काम गरेकोमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आपत्ति छ । कार्यक्रमको सञ्चालन बागलुङ नगरपालिका कर्मचारी एशोसियसनका अध्यक्ष रुद्र केसीले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा राष्ट्रिय भजन...
मङ्लबार, फाल्गुन ७, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च पदस्थ व्यक्तिको...
मङ्लबार, फाल्गुन ७, २०७५

पर्वतको विहादी गाउँपालिका–५ उरामपोखरीमा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु...
मङ्लबार, फाल्गुन ७, २०७५
प्रमुख समाचार

म्याग्दीको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका ३ चमेरे...

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि आधारभुत पत्रकारिता तालिम...
ताजा अपडेट

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा...

सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च...