तेस्रो सुन्तला उत्सवको तयारी तिब्र गतिमा

-- Dhaulagiri Fm / प्रकाशित मिति : सोमवार, पुस २, २०७५

बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा हुने तेस्रो सुन्तला उत्सव तथा कृषि प्रदर्शनीको तयारी तिब्र पारिएको छ ।

गणेश व्यवसायीक कृषि सहकारीको आयोजना र बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाको सहआयोजनामा संचालन हुन लागेको तयारीलाई तिब्रता दिइएको आयोजकले आईतबार बागलुङ बजारमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

स्थानिय स्तरमा उत्पादित सुन्तलाको व्यवसायिक प्रर्बद्धन, किसानहरुमा व्यवसायिक सोचको विकास गरि थप प्रोत्साहित गर्ने उद्धेश्यले आगामी पुस ६ देखि १० गतेसम्म तेस्रो सुन्तला उत्सव गर्न लागेको मुल आयोजक समितिका सह—संयोजक शिव खड्काले जानकारी दिनुभयो । बागलुङको सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनिदै आएको सिगानामा उत्पादन गरिएका सुन्तलाहरुलाई बजारीकरण र कृषकहरुलाई सुन्तलाप्रति आकर्षणको लागि विगतबाट गरिदै आएको उत्सवलाई निरन्तरता दिइएको हो ।

सुन्तलालाई प्रमुख प्राथमिकता दिइएको उत्सवमा सिगानामा उत्पादन हुने गोलभेडा, काउाली, लगायत अन्य कृषि सामाग्रीहरुको प्रदर्शनी गरिने मुल संयोजक तथा गणेश व्यवसायीक कृषि सहकारीका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिनुभयो ।

सिगानाबाट गतवर्ष २५ लाख बराबरको सुन्तलाहरु बोटबाटै विक्रि भएको बागलुङ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । सिगानामा सुन्तला उत्पादन हुने राम्रो क्षेत्रका रुपमा घोषणा भई हाल प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगतको सुन्तला जोन म्याग्दीले समेत सिगानालाई सुन्तला जोन क्षेत्र भित्र समावेश गरेको वडा अध्यक्ष जि.सी.ले बताउनुभयो । हाल सुन्तला जोन म्याग्दीले म्याग्दीसागै बागलुङ नगरपालिकाको सिगाना र कााठेगाउापालिका वडाहरुमा सुन्तलाको पकेट क्षेत्रको रुपमा विकास गर्न लागिरहेको छ ।

उत्सवमा ८ लाख खर्च र १० लाख सम्म आम्दानी गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । सुन्तला उत्सव सफल बनाउनको लागि विदेशमा रहेका सिगानाबासीहरुले हालसम्म ५ लाख रुपैयाा सहयोग पठाईसकेको सह—संयोजक खड्काले जानकारी दिनुभयो । कार्यक्रमको कृषि प्रदर्शनी, खुल्ला पुरुष भलिबल प्रतियोगिता, स्थानीय झ्याउरे गित लगायतका प्रतियोगिताको आयोजना गरिएको छ । उत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने पनि आयोजकले जनाएको छ ।

गणेश व्यवसायीक कृषि सहकारी लिमिटेडका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको स्वागत बानपा–८ सिगाना कृषि संजालका अध्यक्ष रेशम बहादुर थापा र संचालन पत्रकार सज्जनकुमार सिंहले गर्नुभएको थियो ।