पर्वतको प्रसिद्ध पर्यटकीय स्थल डहरेदेउरालीलाई यसरी बनाईदै छ खुल्ला चिडियाखाना

-- Dhaulagiri Fm / प्रकाशित मिति : सोमवार, पुस २, २०७५

पर्यटन प्रर्वद्धन र नगर क्षेत्रको पहिचान झल्काउन पर्वतको फलेबास नगरपालिकाले डहरे देउराली क्षेत्रमा खुल्ला चिडियाखाना बनाउने भएको छ ।

घना जंगल डहरे लेकमा खुल्लारूपमा जंगली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भएको हो ।

नगरपालिकाले नगर विकासको दीर्घकालीन योजना बनाएर डहरे क्षेत्रमा खुल्ला चिडियाखाना ‘ओपन जु’ को अवधारणा ल्याएको हो । समुऽी सतहबाट २२ सय ५९ मिटरको उचाइमा रहेको डहरेदेउरालीलाई चिडियाखाना बनाउन नगरपालिकाले चालु वर्षदेखि नै वजेटको व्यवस्था गरिएको जनाएको छ ।

नगरप्रमुख पदमपाणी शर्माका अनुसार यो अवधारणा मुलुकमै पहिलो हो । ‘तारबारले घेरिएका चिडियाखाना हामीले जहााकहीं देखेका छौं,’ उहााले भन्नुभयो, ‘वन्यजन्तुलाई खुल्लारूपमा संरक्षण गरेर अवलोकन गर्नसक्ने चिडियाखाना हाम्रो नयाा अवधारणा हो ।’

स्थानीय जंगलमा पाइने जनावरको संरक्षण गरी पदयात्रीलाई सहजै जनावरको अवलोकन गर्ने गरी व्यवस्था मिलाइने उहााले बताउनुभयो । करिब दुई सय मिटर अग्ला पहाडका दुईतर्फ आपसमा ठडिएका टापु पर्वतकै नमुना पहाड हुन् ।

स्याङ्जाको केही भागसाग जोडिएको डहरेमा फलेबास नगरपालिकाको १, २ र ९ वडामा फैलिएको घना जंगल छ । डहरे लेकमा कालो भालु, चितुवा, मृग, ब्वाासोलगायत जंगली जनावर पाइने स्थानीय बताउाछन् । त्यस्तै कालिज, लामपुच्छ्रे, लुइाचे, चित्रा, ढुकुरलगायत चराचुरुंगी पनि पाइन्छन् ।
गुराासले ढाकिएको यो क्षेत्रमा पुग्ने पर्यटक मनोरम प्राकृतिक सुन्दरतामा रमाउने गरेका छन् । वन्यजन्तु संरक्षण, वनक्षेत्र संरक्षण, प्याराग्लाइडिङ उडान, डहरे देउराली मन्दिरको प्रवद्र्धन लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना नगरपालिकाको छ ।

फलेवास नगरपालिकाले यसै क्षेत्रलाई समेटेर मनमोहन शान्ति बाटिका निर्माणको काम सुरु गरिरहेको छ । डहरे क्षेत्रबाट नै प्याराग्लाइडिङ उडान गर्ने गरी सम्भाव्यता अध्ययनसमेत भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले बताउनुभयो ।

खुल्ला चिडियाखाना अन्तर्गत डहरेको मुख्य मुख्य जंगलमा पदमार्ग बनाउने, ठाउाठाउामा वन्यजन्तुका लागि पानीपोखरी निर्माण गर्ने योजना छ । त्यो बाहेक पहाडको टुप्पामा भ्युटावर बनाएर दूरबिनबाट वन्यजन्तुको अवलोकनसागै प्राकृतिक छटाको सहज अवलोकन गर्ने व्यवस्था गर्न थालिएको छ ।

डहरे क्षेत्रमै पर्ने फलेबास– २ खुमगाउाका ५० घरमा होम स्टे सञ्चालन भइसकेको छ । मगर समुदायको बाहुल्य रहेको खुममा आन्तरिक पर्यटक बढिरहेका छन् । डहरे पुग्न नेपालकै पहिलो होमस्टे गाउा स्याङ्जाको सिरुबारीबाट दुई घण्टा पैदल यात्रा गर्नुपर्छ । पर्वतको कार्कीनेटा हुादै आउादा कार्कीनेटासम्म गाडीको यात्रापछि १ घण्टा पदयात्रामा पनि पुग्न सकिन्छ ।