घरमा आगलागी हुँदा एक जनाको मृत्यु

-- Dhaulagiri fm / प्रकाशित मिति : सोमवार, पुस २, २०७५

बागलुङ जिल्लाको काठेखोला गाउापालिका– ८ लेखानी कादेशमा आगलागीमा परि आइतवार एक युवकको मृत्यु भएको छ ।

खरले छाएको घरमा आगलागी हुादा कादेशका ३८ बर्षिय जीतबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

स्थानीयबासीले प्रहरी चौकी बिहुामा आगलागी भएको जानकारी गराए पछि प्रहरी सहायक निरिक्षक गजेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थल गएको छ । आगलागी पुर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक परशुराम मल्लले बताउनुभयो ।