बागलुङ जेसिजको कार्यक्रमः ‘उदाउदो जिम्मेवारीका साथ हामी चम्कन्छौ’

-- / प्रकाशित मिति : आइतवार, मंसिर १६, २०७५

बागलुङ जेसिजले नयाँ शैलीबाट ‘हामी उदाउदो जिम्मेवारीका साथ चम्कन्छौ’ भन्ने बिषयमा प्रतियोगितात्मक कार्यक्रम गरेको छ ।
जिल्ला सदरमुकामका बिभिन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थी बिच गत बर्षको जेठ देखी शुरु गरिएको प्रतियोगिताको आइतवार अन्तिम फाइनल प्रतिस्पर्धा गराइएको थियो ।
आफ्नो बिद्यालयमा बिभिन्न समयमा भएको वत्तृत्वकलाबाट बिजयी भएर आएका ८ बिद्यालयका बिद्यार्थी बिच अन्तिम प्रतिस्पर्धा गराइएको हो । जसमा बिद्या मन्दिर माविका जिज्ञासा गौतमले प्रतियोगिताको उपाधि जित्न सफल हुनुभएको छ भने युनिभर्सल सवलाइन –युएस एकेडेमीका निशा कुवर उपबिजेता बन्नुभएको छ । बिजेता गौतम र उपबिजेता कुवरले क्रमशः नगद २ हजार र १ हजार रुपैयाँ सहित आकर्षक फ्रेम र प्रमाणपत्र प्राप्त गरेकी छिन् । प्रतियोगितामा बोल्दै बिद्यार्थीहरुले अधिकार सम्झिने र जिम्मेवारी बिर्सिने प्रवृत्ति बढेकाले समाजमा नकरात्मकता हावी भएको बताए । नेपाली सबैले गुनासो मात्र नभई आ आफ्ना तर्फबाट जिम्मेवारी बहन गर्न सके समाज र राष्ट्रले स्वतः गति लिने उनीहरुको भनाई थियो ।
जेसिस इतिहासमा ६ बर्ष पछि बिद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि यस्तो कार्यक्रम गरिएको बागलुङ जेसिजका अध्यक्ष अम्बिका बस्नेतले बताइन् । प्रतियोगिताको उद्घाटन बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारीले गरेका थिए । उद्घाटन पछि बोल्दै अध्यक्ष भारीले जेसिजले गर्ने हरेक काममा नयाँपन, सिर्जनशिलता र सन्देश प्राप्त हुने बताए ।
कार्यक्रममा जेसिज लिडर्सका अध्यक्ष गगनलाल शाक्य, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, सचिव राम थापा, जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष सुदिप राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ जेसिजका अध्यक्ष अम्बिका बस्नेतको अध्यक्षता, निवर्तमान अध्यक्ष जोन बज्राचार्यको स्वागत मन्तव्य र कार्यक्रम संयोजक बलबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।