ढोरपाटनमा भिषण आगलागी, ३० घर जल्यो

जिल्लाको ढोरपाटन नगरपािलका ९ (ढोर) नविमा आज बिहान भिषण आगलागी भएको छ ।
आगलागीबाट ३० घर जलेको छ । रातको करिब दुई बजेतिर घरबाट सल्किएको आगोका आगो बिहान ८ बजेमात्रै नियन्त्रणमा लिइएको थियो ।
जलेका घरहरु नजिकै रहेको २३ घर भने जोगाउन सफल भएको नेपाली सेनाको हनुमान ध्वज गुल्मका गुल्मपति मेजर रविजंग खड्काले बताउनुभयो । ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ उक्त क्षेत्रमा नेपाली सेनाको टोली बस्दै आएको छ ।
ढोरपाटनका बासिन्दा चैत्र देखि कार्तिक महिना सम्म उक्त स्थानमा बस्ने गरे पनी चिसो मौमसमा भने जाडो छल्न बोबाङ, अधिकारीचौर गाउँमा झर्ने गर्छन् । स्थानीयबासिन्दा जाडो छल्न बेसी झरेका कारण मानवीय क्षति भने नभएको मेजर खड्काले बताउनुभयो ।
दुई चार जना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर झरेका स्थानीयको घर सहित घरभित्र राखिएको लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । ढोरपाटन प्रहरी चौकि समेत बोबाङ झरेका कारण बस्तिनै सुनसान रहेको अवस्थामा अचानक लागेको आगलागीले ठुलो रुप लिएको हो । आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन । उक्त स्थानमा फलेकले छाएका फल्ले घर र ढुंगाले छाएका घरहरु छन् ।
घटना स्थल देखि करिब ३ किलोमिटर टाढा रहेको नेपाली सेनाको टोलीले आगलागीको जानकारी पाए लगत्तै गुल्मका गुल्मपति मेजर खड्काको कमाण्डमा खटिएको १ सय २३ जनाको टोलीले आगो नियन्त्रणमा लिन सफल भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

पर्वतको बिहादी गाउँपालिकामा प्रहरी चौकीको भवन निर्माणको लागि स्थानीय समाजसेवीले निशुल्क...
मङ्लबार, फाल्गुन ७, २०७५

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा राष्ट्रिय भजन...
मङ्लबार, फाल्गुन ७, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च पदस्थ व्यक्तिको...
मङ्लबार, फाल्गुन ७, २०७५
प्रमुख समाचार

म्याग्दीको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका ३ चमेरे...

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि आधारभुत पत्रकारिता तालिम...
ताजा अपडेट

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा...

सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च...