ताराखोला गाउापालिका १ मा एक घर एक धारा अभियान सुरु

-- बल बहादुर रोका मगर / प्रकाशित मिति : बिहिबार, कार्तिक २९, २०७५

बागलुङको ताराखोला गाउापालिका १ माझखर्कमा एक घर एक धारा निर्माण थालिएको छ ।
एक घर एक धारा अभियान अन्तरगत बागलुङको ताराखोला १ माझखर्कमा १ करोड २ लाख ३४ हजार ५ सय २० रुपियााको लागतमा यो माझखर्क खानपानी तथा सरसफाइै आयोजनाका समितिका अध्यक्ष शरिता श्रीसले बताउनुभयो ।
अभियान अन्तरगत अहिले आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाकी १० प्रतिशत काम आयोजनाको मिति भन्दा अगाडि नै सम्पन्न गर्ने घर्तिको भनाई छ यो आयोजना मंसिर २५ गते सम्पन्न हुने गरी ७४ चैत देखि काम थालिएको श्रीसले बताउनुभयो ।
अहिले खानेपानी आयोजनाको मुख्य पाइप लाइन , साहयक पाइप लाइन खन्ने र पाइप विछ्याउने , पानी सङकलन गर्ने ट्याङकी र सिसि डिसी आइसी ट्याङकी निर्माण गरि सकिएको र यस ट्याङकी वरिपरिमा बाउरिङ गर्ने काम र सार्वजनिक धारो निर्माण गर्न बाकी रहेको छ । यो आयोजनावाट २ सय ९१ घरधुरी लाम्भावित हुनेछन ।
१३ वटा पानी सङकलन गर्ने ट्याङकी निर्माण र सिसि , डिसी र आइसी ट्याङकी १० वटा र मुहानमा ६ वटा ट्याङकी निर्माण भएका छन् अहिलेको आयोजनामा दालेसिम्रु र खानीखोला मुहानबाट पानी ल्याउने र बाकी पुराना मुहान मर्मत गर्ने खानेपानी आयोजनाका सचिव तिलक रोकाले बताउनुभयो ।
यो खानेपानी आयोजना नेपाल सरकारको ३१ प्रतिशत , फिल्यान्द सरकारको ३१ प्रतिशत , गाउापालिकाको १० प्रतिशत र स्थानियको २८ प्रतिशत जनश्रमदानमाा गाउामा एक घर एक धारा निमार्ण गरिएको सचिव रोकाले बताउनुभयो ।