भौतिक पुर्वाधारमा खर्च हुने

-- बल बहादुर रोका मगर / प्रकाशित मिति : बिहिबार, कार्तिक २९, २०७५

मगर समाज सेवा गुठीले तिहारको अवसरमा संचालन गरेको देउसी भैलोबाट संकलित रकमबाट विभिन्न भौतिक संरचना निर्माण गर्ने भएको छ ।


देउसीबाट संकलित रकमबाट बागलुङ नगरपालिका–१ नियरघाटमा रहेको सत्तलमा पानीको धारो विस्तार, सत्तलको सुधार लगायतका संरचना निर्माण खर्च गर्ने मगर समाज सेवा गुठीका अध्यक्ष टिकाराम थापाले जानकारी दिनुभयो ।


देउराली मगर आमा समुहद्धारा कालीगण्डकी नदि नजिकै निरयघाटमा सत्तल निर्माण गरेको थियो । कात्तिक १९ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको देउसी भैलो कार्यक्रम मार्फत ५ लाख ५८ हजार ८३५ रुपैयाा सङ्कलन भएको मगर समाज सेवा गुठीका सचिव टिकाजित पुन मगरले बताउनुभयो ।


भौतिक संरचना निर्माणसाग बााकी रहेको रकमबाट मगरहरुको कला, भाषा, सस्कृति जोगाउन भाषा कक्षा पनि सञ्चालन गर्ने सचिव पुनको भनाई छ ।