उज्यालो पर्व तिहारको चहल पहल बढ्यो, देउसी खेल्न सुरु

-- जिवन थापा मगर / प्रकाशित मिति : सोमवार, कार्तिक १९, २०७५

बागलुङको उज्याले पर्व तिहारको चहल पहल बढेको छ । बजारमा तिहारको लागि टिका, जिन्सी किन्नेहरुको चाप बढ्दै गएको हो ।
बजारमा सामान किन्नेहरुको भिड देख्न सकीन्छ । बागलुङको मुख्य बजार बागलुङ बजार, हटिया, खर्वाङ्ग, बूर्तिवाङ्ग बजारमा तिहारको टिका, तिहारमा परिकार बनाउनका लागि आबश्यक पर्ने सामाग्री भित्रिएको बागलुङ ब्यापारीहरुले बताएका छन् ।


व्यबपारीहरुले पनि आफनो व्यस्तता बढ्न् थालेको बताएका छन् । पहिले यायातको साधनको पहुच कम हुने हुादा गाउका मानिसहरु तिहार आउनु भन्दा महिनौ अघि पसलमा आउने गरेपनि हिजो आज यातायातको सहज पहुाच हुादा तिहारको नजिकमा आउने गरेको बागलुङका व्यवसायी राज गौतमले बताउनुभयो ।
साथै तिहार नजिकिएसंगै मुख्य बजार भित्रिने र बाहिरीने यात्रुबहाक सवारी साधनमा पनि भरिभराउने हुने गरेका छन् ।
यसैबीच, तिहारको मुख्य आकर्षक सांस्कृतिक कार्यक्रम आईतबारदेखि बागलुङ बजारमा देउसी भैलो कार्यक्रम सुरु भएको छ ।
“कला संस्कृति समृद्धि समाजको पहिचान प्रतिभाको सम्मान र उत्थान हाम्रो अभियान” भन्ने मुल नाराका साथ दी साईनिङ डान्स गु्रपले देउसी भैलो कार्यक्रम सुरु गरेको हो ।
नेपाली मौलिक लोककला र सस्कृतिको जर्गेनाको लागि देउसी भैलो खेल्ने गरिन्छ । तिहार घर घरमा दिप बालि घर उज्यालो बनाएर, देउशी भैलो खेल्ने, मिठाईका परिकारहरु बनाउने, हुादा तिहारको छुट्टै रौनकता छाएको छ ।
तिहारको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पााचौ दिन भाइ टिकाको दिनमा दिदी बहिनिहरुले दाजु भाईहरुलाई टिका लगाईदिने चहल छ ।