नेपाली बिषेशता सहितको समाजवाद–नेता खनाल

राष्ट्र सेवक प्रशासनको पुर्नसंरचना अनिवार्य
-- देवी किसान / प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले समाजवाद उन्मुख राष्ट्र निर्माणको लागि तत्कालीन गर्नुपर्ने ६ वटा राष्ट्रिय कार्यभार प्रस्तुत गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र बागलुङले आयोजना गरेको चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै नेता खनालले नेपाली मौलिक विशेषता सहितको समाजवाद निर्माणको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको हो ।
नेता खनालले संविधानले निर्धारण गरेको समाजवाद उन्मुख समाज राष्ट्र निर्माणको लागि तत्काल तपशिल बमोजिमको कार्यभार प्रस्तुत गर्नुभएको थियो ।
सुदृढ लोकतन्त्रः नेता खनालले लोकतन्त्रको सुन्दर पक्ष अवधिक निर्वाचन भए पनि निर्वाचन पद्धती र प्रणाली अत्यान्त महङ्गो भएको बताउँदै तत्काल निर्वाचन पद्धतीलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो । पहिलो पटक २०४७ सालमा आफू निर्वाचनमा जाँदा केही हजार रुपैयाँमा मात्रा निर्वाचन खर्च भए पनि पछिल्लो पटकका निर्वाचन थेग्न नसक्ने गरी खर्च बढेको उदाहरण पेस गर्दै नेता खनालले निर्वाचन पद्धती धनाढ्यले मात्र लड्न सक्ने गरी विकास भएको उल्लेख गर्नुभयोे । ‘निर्वाचन श्रमजीविले थेग्न सक्नु हुनुपर्छ उहाँले भन्नुभयोे–‘आधारभूत तहको जनताले आँट गर्ननसक्ने निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्न सक्दैन ।’
राष्ट्रियताः पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले देशको राष्ट्रिय अहिले पनि अत्यान्त कमजोर अवस्थामा रहेको उल्लेख गर्दै तत्काल नेपालको सिमा निर्धारण गर्नुपर्ने उल्लेख गर्नुभयो । कालापानी र सुस्तामा अहिले पनि नेपाली भूमिमा विदेशी सेना परेट खेलको उल्लेख गर्दै महाकाली नदिनका शिर लिम्वीयको सिमा नेपाली भूमी भएको दावी गर्नुभयोे । नेपाली भूमि मिचेर लिपुलेकसम्म विदेशी सेना गस्ती गर्नुले नेपाली राष्ट्रियतामा आँच आएका खनालले बताए । उत्पादनमा आत्मनिर्भर नभएसम्म राष्ट्रियता र देशभक्तिले टेको नपाउने उहाँको दावी थियो ।
सुशासन स्थापनाः नेता खनालले देशमा सुशासन कायम गर्न नसके समाजवाद उन्मुख यात्रा पूर्ण विराम लाग्ने धारण राखेका थिए । राज्य संचालका संयन्त्र प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निजामति कर्मचारीमा पुनसंरचना गर्नुपर्ने नेता खनालको भनाई थियो । कन्चनपुरकी बालिका निर्मला पन्तको बलत्कार पछि हत्या हुन र दोषी पत्ता लाग्नु नसक्नु पुरानो प्रशासन मानसिकताको उपज भएको उहाँले बताउनुभयो । भ्रष्टचार वेविचारीलाइृ मुक्त गर्नुको विकल्प नरहेको उहाँले भनाई थियो ।
सामाजिक आर्थिक रुपानतरणः देशको विभिन्न ठाउँमा अझै पनि अन्धविश्वास र परम्परागत सोचका कारण अमानवीय घटना बढ्दै भएको तर्फ संकेत गर्दै नेता खनालले समाजमा भएका सम्पूर्ण विकृति, विसंगति तथा गलत परम्परागत संस्कृति र मान्यतालाई चिरफार गर्नुपर्ने सुझाव पेश गरेका गर्नुभयो । जातिय छुवाछुत, बोक्सी तथा दाईजो प्रथाले समाजलाई विकृत भएको बताउँदै नेता खनालले जनचेतना मार्फत तत्काल जागरण सृजना गर्नुपर्नेमा जोडदिनुभयो ।
सभ्यताः नेपाल साँस्कृतिक पक्षमा अत्यान्त धनी रहेको उल्लेख गर्दै नेता खनालले देशका विभिन्न भागमा रहेका सभ्यताबाट संस्कार सिक्नुपर्ने बताउनुभयो । मुस्ताङ्गको गुफा सभ्यता, विरटनगरको विराट सभ्यताले नेपाली समाजको एकता र भाईचार समृद्ध बनाउन सक्ने नेता खनालको भनाई थियो ।
स्वतन्त्रता र समानताको आधारः
नेपाल नयाँ संविधान जारी भए पछि राजनीतिक तथा संवैधानिक रुपमा सबै राष्ट्रसँग समान हैसियमा रहेको दावी गर्नुभयो । हामी आर्थिक रुपमा कमजोर भए पनि राष्ट्रियताको हैसियतमा सबै राष्ट्रसँग बरावरी छौँ नेता खनालले भन्नुभयोे–‘नेकपाले चीन र भारत तथा अन्य मुलुकसँग समानताको हैसियतमा सम्बन्धी विस्तार गरेको छ । कसैसँग पनि सानो र ठुलो देशको आधारमा सम्बन्ध विस्तार गर्नु हुँदैन ।