९ बजेसम्म देउसी खेल्न पाईने

-- जिवन थापा मगर / प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५

जिल्ला प्रशासन कार्यालय पर्वतले राती ९ बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले एक सूचना प्रकाशित देउसी खेल्ने समय तोकेको हो । सांस्कृतिक कार्यक्रमहरु रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकूल असर पुयाउन सक्ने हुादा शान्ति सुरक्षालाई दृष्टिगत समय सिमा तोकेको बताइएको छ ।
कसैले यस सूचना विपरित कार्य गरेमा वा गराएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत जनाएको छ ।