९१ लाख उठाएर गाउलेले आफै बनाए पूर्वाधार

-- जिवन थापा मगर / प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५

म्याग्दीको विकट क्षेत्रमा पर्ने अन्नपूर्ण गाउापालिका–५ स्थित किन्दु गाउाका बासिन्दाले लाखौं रुपैयाा जुटाएर सडक, सामुदायिक भवन, खेलमैदान र सत्तल निर्माण गरेका छन् ।
पोखरा, काठमाडौं लगायत देशका विभिन्न सहर, बेलायत, हङकङ, अमेरिका लगायत देशमा पुगेका किन्दुका बासिन्दाको सहयोग र स्थानीयको श्रमदान गरी कूल ९१ लाख ६७० रुपैयााको लगानीमा पूर्वाधार निर्माण भएको हो ।
स्वाात–किन्दु ग्रामिण कृषि सडक, बहुउद्देश्यिय खेलमैदान, सामुदायिक भवन र छिर्केश्वर मन्दिर परिसरको सत्तलको बिहीबार गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, सांसद विनोद केसी र गाउापालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो ।
किन्दु टोल विकास समिति र शिख्तानी समाजको पहलमा आर्थिक स्रोत जुटाइएको स्थानीय अगुवा बागवीर पाइजाले बताउनुभयो । ४९ लाख २३ हजार ७७५ रुपैयाामा ६.५ किलोमिटर सडक, २८ लाख ५५ लाख ६६ रुपैयाामा खेलमैदान, सात लाख ४४ हजार रुपैयाामा सभाहल र पााच लाख ७४ हजार ७७० रुपैयाामा सत्तल निर्माण भएको निर्माण समितिका अध्यक्ष पदमबहादुर चोचाङले बताउनुभयो ।
पूर्वाधार निर्माणका लागि ८० घरधुरी किन्दुबासीले चार लाख २५ हजार रुपैयाा बराबरको श्रमदान, तत्कालिन जिल्ला विकास समितिले एक लाख ८० हजार र अन्नपूर्ण गाउापालिकाले चार लाख ३८ हजार रुपैयाा सहयोग गरेका छन् ।