१५औा वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाउन

-- जिवन थापा मगर / प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५

धौलागिरीको पहिलो विद्युतीय संचार माध्यम धौलागिरी एफ.एम बागलुङले आफ्नो १५औा वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाउने भएको छ ।
वार्षिकोत्सवको अवसरमा एफ.एम प्रालिले कात्र्तिक २५ गते मैत्रीपूर्ण फुटबल प्रतियोगीता, अन्तरविद्यालय स्तरीय ‘संचार प्रविधिको आवश्यकता र महत्व’ विषयक वक्तृत्वकला, खुल्ला गायन प्रतियोगीता संचालन गर्ने स्टेशन म्यानेजर दिल शिरीषले जानकारी दिनुभयो ।
एफ.एम प्रालिले संचालन गरेको ट्यालेन्ट अफ धौलागिरी अन्तर्गत गायन विधाको दोस्रो चरणको अडिसन विहिबार सम्पन्न भएको छ । दोस्रो चरणमा २६ जनाको सहभागीता रहेको थियो । कात्र्तिक २७ गते वार्षिकोत्सवको मुल समारोहमा ट्यालेन्ट अफ धौलागिरीमा सहभागी प्रतियोगीको विशेष संगितिक प्रस्तुती रहने स्टेशन म्यानेजर शिरीषले बताउनुभयो ।
२०६१ कात्तिक २७ गतेदेखि प्रशारण शुरु भएको धवलागिरी एफएमले २०६१ पुस १ गतेदेखि समाचार प्रशारण शुरु गरेको थियो । शुरुमा बिहान, दिउासो र साांझ मात्र समाचार प्रशारण शुरु गरेको एफएमले ०६१ माघ १९ गतेको कदमपछि ०६२ भदौ १५ गतेसम्म समाचार बन्द गर्नुपरेको थियो । ०६३ माघ १ गतेदेखि प्रत्येक घण्टा समाचार प्रशारण शुरु भएको र हालसम्म पनि निरन्तर प्रशारण हुदै आएको धौलागिरी एफएमका अध्यक्ष हरिनारायण गौतमले बताउनुभयो ।
बिहान ५ बजेदेखि राती १० बजेसम्म १७ घण्टा प्रशारण हुने एफएमले मुख्य हालचाल, धौलागिरी सेरोफेरो, धौलागिरी गतिविधि, बुलेटिन, परिक्रमा लगायत १३ वटा समाचार एफएमको समचारकक्षबाटै र बिबिसी लगायत ७ वटा राष्ट्रिय समाचार गरी २० वटा समाचारमुलक कार्यक्रम प्रशारण भइरहेको छ ।
एफएमबाट मनोरञ्जनात्मक, शिक्षामूलक र समसामयिक विषयमा विभिन्न कार्यक्रम पनि प्रसारण हुदै आइरहेका छन् । सत्य तथ्य र सन्तुलित समाचार प्रशारणको नारा सहित एफएम प्रालिले ग्रामिण तहमा सञ्चारको विकास गर्नका लागि धौलागिरिमा पहिलो पटक एक गाविस एक पत्रकार भन्ने नाराका साथ विभिन्न गाविसमा प्रतिनिधि राखेर समाचार संकलन र प्रशारण गरेको थियो भने अब नयाा संघिय अभ्यासका क्रममा पनि रेडियोको प्रसारण पहुाच भएका सबै स्थानीय तहमा पत्रकारसाग सहज पहुाचमा समाचार सम्प्रेषण गर्ने गरि योजना बताएको अध्यक्ष गौतमले बताउनुभयो ।