पिकअप जीप दुर्घटनामा ६ घाईते

-- जिवन थापा मगर / प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५

बागलुङको ताराखोला गाउापालिका– ५ ताराखोला नाङ्गिमा शुक्रबार विहान जीप दुर्घटना भएको छ ।
दुर्घटनामा परी ६ जना घाईते भएका छन । नाङ्गीबाट गल्कोट हटिया तर्फ जादै गरेको ग १ च ११३४ नम्बरको पिक अप जिप नाङ्गीको उत्तरपानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते हुनेमा ताराखोलाका कोपिला घर्ती, धन कुमारी रोका लिलामती बि.क यमुना रोका, धनमाया बिक र चालक पृथ रोका रहेका छ्न ।
घाइतेको इमजेन्सी पोलिक्लनीक गल्कोट हटियामा उपचार भैरहेको प्रहरी नायव निरीक्षक सानुकाजी विष्टले जानकारी दिनुभयो । घुम्ती मोड्ने क्रममा गाडी दुर्घटना भएको थियो ।