पुर्पक्षको लाथि थुनामा

-- जिवन थापा मगर / प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५

जिल्ला अदालत बागलुङले जैमिनी नगरपालिका–७ जैदीमा भएको व्यक्ति हत्य घटनाका आरोपी शालिकराम चालिसेलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।
२ दिन सम्म चलेको थुनछेकको बहस पछि न्यायधिश प्रकाश प्रसाद पण्डितले थप अनुसन्धानको लागि चालिसेलाई थुनामा राख्न आदेश दिनुभएको हो । चालिसेलाई शुक्रबार नै जिल्ला कारागार चलान गरिएको छ ।
जैमिनी नगरपालिका ७ जैदीका ५२ वर्षीय भुमिश्वर शर्माको हत्यामा संलग्न रहेको भन्दै चालिसेका विरुद्ध भुमिश्वरका छोरा अमृत ढुङ्गानाले जाहेरी दर्ता गराउनुभएको थियो । जाहेरीमा शर्माको हत्या गरिएको भन्दै अपराध (संहिता) २०७४ को परिच्छेद १२ बमोजिम कार्वाही गर्न माग गर्नुभएको छ ।
मृतक शर्मा गत असोज १८ गते बिहान ९ बजे जैमिनी ७ स्थित देछाकोचौर कालिगण्डकी करिडोरको कुनामा मृत अवस्थामा भेटिएका थिए ।