मुस्ताङमा ५८ सय मेट्रिक टन स्याउ उत्पादन

-- जिवन थापा मगर / प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५

मुस्ताङमा यस वर्ष ५ हजार ८ सय मेट्रिक टन स्याउ उत्पादन भएको छ ।
गत वर्ष ५ हजार ३ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष पााच मेट्रिक टन स्याउ बढी उत्पादन भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत एकाइ स्याउ जोन मुस्ताङका कृषि अधिकृत शिवपुजन गुप्ताका अनुसार यस वर्ष ४५० हेक्टर जमिनमा लगाइएको १ लाख ३५ हजार स्याउका बोटबाट ५ हजार ८ सय मेट्रिक टन स्याउ उत्पादन भएको हो । गत वर्ष ४१५ हेक्टर जमिनमा लगाइएका १ लाख २४ हजार ५ सय स्याउका बोटमा ५ हजार ३ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।
यस वर्ष स्याउ बढी उत्पादन हुनुमा स्याउ फल्ने बोटको क्षेत्रफल वृद्धि मुख्य कारण भएको अधिकृत गुप्ताको भनाइ छ । यस वर्ष ३५ हेक्टर जमिनमा १० हजार ५ सय स्याउका फल लाग्ने बोट थपिादा स्याउ उत्पादनमा प्रगति भएको हो ।
स्याउ उत्पादन वृद्धिको मुख्य कारण उत्पादनशील क्षेत्रफलको वृद्धिका अलवा जिल्लाका किसानले लगाएका स्याउ बगैंचामा समस्या नदेखिनु रहेको छ । किसानले आफ्ना स्याउ बोटको उचित गोडमेल तथा काटछााट गरेकाले स्याउ बढी फलेको हो ।
मुस्ताङका पााचवटै स्थानीय तहका कुल १२ सय हेक्टर जमिनमा स्याउका बोट लगाइएको छ । जसमध्ये सबैभन्दा बढी स्याउ उत्पादन हुने घरपझोङ गाउापालिका रहेको एकाइ स्याउ जोन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यसपछि बारागुङ मुक्तिक्षेत्र गाउापालिका र थासाङ गाउापालिका छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउापालिकामा आंशिक स्याउ उत्पादन हुने गरेको छ । यस वर्ष उत्पादित ८० प्रतिशत स्याउ बिक्रीका लागि प्रदेश निर्यात भइसकेको अधिकृत गुप्ताले जानकारी दिए ।
उत्पादित बााकी २० प्रतिशत स्याउ स्थानीयस्तरमै खपत हुने गरेको उनको भनाइ छ । स्याउको खुऽा बिक्री, स्याउको सुकुटी, जुस र ब्रान्डी आदिका लागि खपत हुने गरेको छ । बागवानी विकास केन्ऽ मार्फामा ३४ मेट्रिक टन स्याउ उत्पादन शीतोष्ण वागवानी विकास केन्ऽ मार्फामा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको केन्ऽले जनाएको छ । गत वर्ष २५ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष ९ मेट्रिक टन स्याउ बढी उत्पादन भएको हो ।