मुस्ताङमा पेस्तोल बरामद

-- जिवन थापा मगर / प्रकाशित मिति : बुधबार, कार्तिक ७, २०७५

मुस्ताङ ६ कात्तिक ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउापालिका २ छेङ्गुरबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ ।

सोमबार सााझ गाउामा पसेका लुटेराको समूहले फालेको कतुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुक्तिनाथबाट गस्तीमा गएको प्रहरी टोलीले लखेट्ने क्रममा चार/पााच जनाको समूहमा रहेका युवाहरुको समूहले साथमा रहेको एक थान कतुवा पेस्तोल फालेर भिर तर्फ भागेका प्रहरी नायव उपरीक्षक महेन्ऽ खड्काले बताउनुभयो ।

‘चोरी गर्ने नियतले गाउा पसेको समूह प्रहरी देख्नेवित्तिकै पेस्तोल फालेर भागेका थिए’ प्रनाउ खड्काले भन्नुभयो ‘पेस्तोल प्रहरीले बरामद गरेको छ । फरारको खोजीमा तिब्रता दिएका छौ ।’ मुस्ताङमा केहीदेखियता बढेको आन्तरीक पर्यटकको चापसागै सुरक्षा ब्यवस्थालाई कडाई बनाउनका साथै उच्च सर्तकता अपनाइएको छ ।