बागलुङ वजारमा चहलपहल बढ्न थाल्यो

-- जिवन थापा मगर / प्रकाशित मिति : बुधबार, कार्तिक ७, २०७५

दशै सकिए संगै सदरमुकाम बागलुङ बजारमा चहलपहल बढेको छ ।

बिभिन्न रोजगारी, अध्ययन, व्यापार व्यबसायको लागि बजार झरेकाहरु दशै मनाउन आफ्नो पुख्र्यौली गााउ फर्के पछि सुनसान भएको बजारमा फेरी चहल पहल बढ्न थालेको हो ।

नेपालीहरुको महान् पर्व विजया दशमि गााउमै मनाउनु पर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै बिभिन्न काममा कार्यरत नेपालिहरु आफ्नो कामलाई स्थगित गरी दशै मनाउन गााउ फर्केका थिए ।

दशै मनाएर व्यापार व्यवसाय र जागिरे, बिद्यार्थीहरु आफ्नो कार्यक्षेत्र फर्किए पछि बजारमा चहल पहल बढेको छ भने आईतबारदेखी खुले पनि सुनसान जस्ता देखिएका सरकारी कार्यलयहरुमा पनि सेवाग्राहीको उपस्थिति बाक्लिएको छ ।

दशै मनाएर मानिसहरु शहर र कार्य क्षेत्रमा फर्किन थाले पछि बिजया दशमीमा सुनसा बनेको बजारमा चहल पहल बढेको जस्मिन ईम्पेक्स फेन्सि पसलका सहदेव राजभण्डारीले बताउनुभयो । बजारमा चहल पहल शुरु भए सागै व्यापार व्यवसाय पनि बढ्न थालेको उहााको भनाई छ ।