व्यवसायिक रुपमा भेडा पालन गर्दै

-- धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, कार्तिक ६, २०७५

म्याग्दी रुमका एक पशुपालक कृषकले व्यवसायिक भेडा पालनबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् ।
म्याग्दीको मालिका गाउापालिका ३ रुमका धन बहादुर रोकाले व्यवसायिक रुपमा भेडा पालन गरेर गाउामै लाखौ आम्दानी हुने सफल हुनुभएको हो ।
आय आर्जन भन्दा पनि बाबु बाजेको पेसा थेग्न र व्यवसायका लागि पनि लामो समयदेखि भेडा पालन सुरु गरेको रोकाले बताउनुभयो । १८ वर्षको उमेरदेखी भेडा पालन व्यवसाय सुरु गर्नुभएका रोका हाल ५६ वर्षका हुनुभयो ।
रोकाले प्रावि तह सम्मको अध्ययन गर्नुभएको छ उहााले भन्नुभयो राम्रो साग पढ्न पाइएन गाउामा विद्यालय नजिक थिएन प्रावि सम्म पढियो त्यहााबाट भेडा पालन तिर लागियो अहिले रोकाको भेडि गोठमा १ सय ५० भेडा रहेका छन् । भेडा चरिचरणको लागि जङगल नजिक छैन ५ महिना बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा चराउाछु, ३ महिना मैकुत गाविसको बुकी वनमा र बाकी ४ महिना रुमको सामुदायिक वनमा चराउने गरेको रोकाको भनाई छ । चरिचरणको लागि नजिकमा जङगल नहुदा ५ हजार देखि २० हजार सम्म सामुदायक वनलाई भाडा तिर्ने गरेको रोकाले बताउनुभयो ।
एक वर्षमा भेडाको ऊन निकालिन्छ र यो ऊनबात काम्लो ,सिरक र हरदेउलो बनाइन्छ यो बनाउने आफु साग समय हुदैन छिमेकीले निर्माण गर्छ र जति निर्माण हुन्छ त्यसको आधा उसलाइ दिन पर्छ रोकाले भन्नुभयो ऊनबाट निर्माण गरिएको काम्लो र हरदेउलो बजार नपाउदार् कम विक्री हुने गरेको रोकाले बताउनुभयो ।
भेडा खरिदका लागि मानिस गोठमा नै आउने गर्छन भेडाको पाठा , बलेख्रा ( सााड ) लगायत अन्य बाहिरी जिल्लाबाट पनि भेडा पालनका लागि भेडा खरिदका लागि गोठमा नै आउने गर्छन । रोकाले भेडा पालनबाट वार्षिक रुपमा सबै खर्च कटाएर १ लाख ५० हजार सम्म आम्दानी हुने गरेको धन बहादुर रोकाले बताउनुभयो । रोकाले अहिले स्थानिय जातको भेडा हटाएर धराले जातको भेडा पाल्दै आउनु भएको छ ।