घाास दाउरा बेचेको आम्दानी विद्युतीकरणमा

-- धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, कार्तिक ६, २०७५
म्याग्दीको धौलागिरि गाउापालिका–७ मा रहेको धारापानी सामुदायिक वन उपभोक्ता समूहले घाास दाउरा बेचेर भएको आम्दानी विद्युतीकरणमा परिचालन गरेको छ ।
वन समूहले गाउापालिकामै पहिलोपटक धारापानीमा भएको विद्युतीकरण योजनाका लागि करीब रु साढे तीन लाख लगानी गरेको हो ।
 हालसम्म २०१ घरधुरी उपभोक्तालाई विद्युत्को मिटर जडान गर्न रु एक हजार ७०० का दरले अनुदान दिइएको उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो ।
“विद्युत् सुविधा भएपछि वन तथा वातावरण संरक्षणमा सहयोग पुग्ने भएकाले घाास र दाउरा बेचेर जम्मा गरेको रकम सहयोग गरेका हौा” अध्यक्ष थापाले भन्नुभयो । सात वटा वडा रहेको धौलागिरि गाउापालिकाको धारापानीमा भदौ महीनादेखि बिजुली बल्न थालेको हो ।
विसं २०६७ देखि शुरु भएको विद्युतीकरण योजनाबाट २०१ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव किरन थापाले बताउनुभयो । सचिव थापाका अनुसार गाउापालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समूह, स्थानीयवासी, तत्कालीन जिविस र गाविसको ५६ लाख ८३ हजार ७६० को लागतमा योजना निर्माण भएको हो ।
धेरै वर्षसम्म उज्यालोका लागि सिट्ठा र दियालो बालेर रात कटाएका धारापानीका रामबहादुर खत्रीले गाउामा बिजुलीसागै विकासको अवसर भित्रिएको बताउनुभयो । उज्यालोका अतिरिक्त फर्निचर, अल्लो प्रशोधन, राईसमील, मासु पसल सञ्चालन हुन थालेको छ ।