तातोपानी कुण्डमा नुहाउनेको भीड

-- धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, कार्तिक ६, २०७५

म्याग्दीको अन्नपूर्ण गाउापालिका २ स्थित पर्यटकीय स्थल भुरुङ्ग तातोपानी कुण्डमा स्नान गर्नेको घुइाचो लागेको छ ।
बेनी जोमसोम सडक अन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको हो ।
चिसो बढेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसागै तातोपानी कुण्डमा स्नान गर्न आउनेको संख्यामा वृद्धि भएको कुण्डका व्यवस्थापक लट्टे गिरीले बताउनुभयो । ’दैनिक पााच सयभन्दा बढीले तातोपानीको धारा र कुण्डमा स्नान गर्न आएका छन्, गिरीले भन्नुभयो, ’बेनी जोमसोम यात्रा गर्नेहरुका लागि तातोपानी कुण्ड विश्रामस्थल हो ।’
प्राकृतिक तातोपानीमा स्नान गर्दा थकान मेटिने र शारीरिक स्फूर्ति बढेको अनुभव भएको काठमाडौबाट आएका रमेश श्रेष्ठले बताउनुभयो । कुण्डमा स्नानका लागि स्वदेशीलाई पचास र बिदेशीलाई १५० रुपैयाा प्रवेश शुल्क लिने गरिएको छ ।
प्रवेश शुल्क र होटल सञ्चालन गर्न गाउापालिकाले यस वर्ष ५३ लाखमा ठेक्कामा लगाएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । पर्यटकीय स्थलबाट भएको आम्दानी तीस प्रतिशत गाउापालिका र सत्तरी प्रतिशत वडाले तय गरेका प्रभावित क्षेत्रका योजना तथा कार्यक्रममा लगानी गरिने वडा अध्यक्ष फगामीले बताउनुभयो ।