बागलुङमा वार्षिक ३५ करोडको मासु आयत

-- धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, कार्तिक ६, २०७५

बागलुङ जिल्लामा पर्याप्त मात्रमा पशुका लागि प्रयोग हुने पशुपंक्षीको उत्पादन नहुादा वार्षिक ३५ करोडका मासु आयात हुने गरेको छ ।
विश्व खाद्य संस्थाले निर्धारण गरेको मापदण्ड अनुसार एक व्यक्तिलाई वार्षिक १४ किलो मासु आवश्यक पर्ने भए पनि जिल्लामा वार्षिक प्रतिव्यक्ति साढे १० किलो मासु पुग्ने गरी मासु उत्पादन हुने गर्दछ ।
वि.स २०६८ सालको जनगणना अनुसार बागलुङमा २ लाख ६८ हजार ६१३ जनसंख्या रहेको छ । जनसंख्या र मासु उत्पादनको अनुपात हेर्दा जिल्लामा प्रतिव्यक्ति वार्षिक साढे ४ किलो मासु अर्थात ९ लाख ४ हजार किलो मासु अपुग रहेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका प्राविधिक केवश शर्माले जानकारी दिनुभयो ।
मासुको लागि प्रयोग हुने खसी, बोका, भेडाच्याग्रा, राागोभैसी, बंगुर, कुखुरा, हाास जस्ता पशुपंक्षीको व्यवसायिक उत्पादन नहुादा मासुमा परनिर्भर भएको प्राविधिक शर्माको भनाई छ । रागोभैसी, खसी, बगुरको वार्षिक खपत अनुपातलाई हिसाव गर्दा ३५ करोड बराबरको मासु आयत हुने गरेको उहााको भनाई छ ।
जिल्लामा वार्षिक एक अर्व ५ करोड रुपैयाा बराबरको मासु उत्पादन र स्थानीय बजारमा खपत हुने गरेको प्राविधिक शर्माको भनाई छ । उर्जावान जनशक्ति विदेश पलायन हुादा व्यवसायिक पशुपंक्षी पालनमा समस्या हुादै आएको छ ।