मुस्ताङमा आन्तरिक पर्यटकको घुइाचो बढ्यो

-- धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, कार्तिक ६, २०७५

दसैं सकिनै लाग्दा मुस्ताङमा आन्तरिक पर्यटकको ओइरो बढेको छ । पर्यटकको आवागमन बढेपछि घाासा देखि लोमान्थाङ सम्मका होटल तथा लज भरिभराउ छन् ।
मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्ऽ तुलाचनका अनुसार मुस्ताङका २ सय ८० वटा होटल तथा लजमध्ये अधिकांश होटल हरेक रात भरिभराउ छन् ।
पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडक मार्ग भएर दैनिक तीन हजार जना भन्दा बढी पर्यटक मुस्ताङ भित्रीएको तथ्यांक जिल्ला प्रहरी कार्यालयले दिएको छ ।
प्रहरी नायव उपरीक्षक महेन्ऽ खड्काका अनुसार आइतबार ६ सय २४ गाडी र त्यतिकै संख्यामा मोटरसाईकलबाट तीन हजार २ सय पर्यटक मुस्ताङ भित्रिएका थिए ।असोज–कात्तिक र फागुन–चैत–बैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिन्छ ।
सडक, यातायातको सुविधा, छुट्टी र अनुकुल मौसमका कारण स्वदेशी पर्यटकको चहलपहल बढेको तुलाचनको अनुमान छ । माटोको सहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, स्याउ बारी, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोट अवलोकनका लागि मुस्ताङ प्रसिद्ध छ ।
आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको अनुमान स्थानीय व्यवसायीको छ । पछिल्लो समय मुस्ताङमा बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको चहलपहल बढी हुने गरेको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले बताउनुभयो ।