जनतालाई योजना जानकारी गराउान कार्यक्रम

-- जिवन थापा मगर / प्रकाशित मिति : आइतवार, अशोज २८, २०७५

बागलुङको काठेखोला गाउापालिका–७ रेशले एक वर्षमा गरेका काम तथा आगामी वर्षका कार्यक्रमको बारेमा जनतालाई जानकारी गराउाने उद्देश्यले समीक्षा तथा योजना सार्वजनिक कार्यक्रम गरेको छ ।
संघीय सरकार, प्रदेश सरकार, गाउापालिका तथा वडागत रुपमा वडा क्षेत्रमा के कति योजनाहरु सम्पन्न भए, के कती योजनाहरु चालु वर्षमा सञ्चालन भइरहेका छन् भन्ने विषयमा जनतालाई जानकारी गराउानका लागि समीक्षा कार्यक्रम गरिएको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।
समीक्षा कार्यक्रममा कोठेखोला गाउापालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले राज्यले दिने सेवा सुविधा तथा योजनाका कामका बारेमा जनतालाई प्रत्यक्ष जानकारी गराउाने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना हुने गरेको बताउनुभयो । उहााले काठेखोला गाउापालिकालाई समृद्ध बनाउानका लागि गाउापालिकाले तय गरेका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि स्थानीयको सहभागिता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका शाखाका सभापति जब्बरबहादुर लामिछाने, पूर्व गाविस अध्यक्ष कविराज थापा, नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्ण कार्की, नेपाली कााग्रेसका नेता प्रेम कार्की, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर काकीृ, जगन्नाथ गौतम, विजय गौतम, ओमबहादुर थापा, भिमबहादुर थापा, यामबहादुर कार्की, थमन कार्की, रामबहादुर मल्ल, डिलबहादुर काकीृ, हरि कुावर, भुमिराज शर्मा लगाायतले वडाले गरेका काम तथा आगामी कामका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रम वडा अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता, रिता जिसीको सञ्चालन र कार्यपालिका सदस्य सारदा थापाको स्वागतमा सम्पन्न भएको थियो ।