हातेमालोको अध्यक्षमा सरु पौडेल

-- जिवन थापा मगर / प्रकाशित मिति : आइतवार, अशोज २८, २०७५

हातेमालो साहित्य सङ्गगम जिल्ला शाखा बागलुङको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले सरु पौडेलको अध्यक्षतामा १७ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता पौडेल र टुकनाथ सुवेदी, सचिवमा प्रेम मगर, सहसचिवमा दिनेश विकल्प र कोषाध्यक्षमा लक्ष्मी पुन रहनुभएको छ ।
समितिको सदस्यमा डोलिन खत्री, तनमती रोका, बम कार्की, अभिनाश आचार्य, विनोद पौडेल, विष्णु वैरागी, सरिता गौतम, कमल आचार्य, खिम पून लक्ष्मी परियार रहनुभएको छ । एक सदस्य पछि मनोनित गर्ने सहसचिव दिनेश विकल्पले जानकारी दिनुभयो ।
अधिवेशनको धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशन र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा साहित्यकार तथा अन्वेषक प्रेम छोटा, म्याग्दी संचार म्याग्दीका घायल श्री ,सरु पौडेल, राजिव सङघर्षी, दिनेश विकल्प, राजन प्रभात, तनमति रोका, गोविन्द सुवेदी, डोलिङ चिन्तन लगायतले मन्तव्य तथा रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा हातेमालो साहित्य सङ्गमका अध्यक्ष याम रोका चिन्तनको अध्यक्षता, उपाध्यक्ष सरु पौडेलको स्वागत र सचिव मगर प्रेमको सञ्चालनमा सम्पन्न भएको थियो ।