प्रवासीद्धारा बिद्यालय र मन्दिरलाई सहयोग

-- / प्रकाशित मिति : आइतवार, अशोज २८, २०७५

म्याग्दीको अन्नपूर्ण गाउापालिका ३ दानाका एक प्रवासीले विद्यालय र मन्दिरलाई करिब साढे तीन लाख रुपैया आर्थिक सहयोग गर्नुभएको छ ।
हाल बेलायतमा बस्दै आउनुभएका रनबहादुर पुर्जाले दिवंगत श्रीमती जगमतीको स्मृतीमा ज्ञानप्रकाश मावी र पुण्यश्वर महादेव शिवालय मन्दिरलाई तीन लाख चालीस हजार रुपैयाा नगद सहयोग गर्नुभएको हो ।
आफ्नो जन्मथलोमा आउनुभएका पुर्जाले शनिबार ज्ञानप्रकाश माविको भवन निर्माणका लागि एक लाख सत्तरी हजार र मन्दिरलाई एक लाख सत्तरी हजार रुपैया उपलब्ध गराउनुभएको ज्ञानप्रकाश माविको ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले जानकारी दिनुभयो ।