मुक्तिनाथ स्वास्थ्य सहकारी संस्था बागलुङको अध्यक्षमा सीता शर्मा चयन

-- जिवन थापा मगर / प्रकाशित मिति : आइतवार, अशोज २८, २०७५

धौलागिरी अञ्चक कार्यक्षेत्र रहेको जिल्ला स्थित मुक्तिनाथ स्वास्थ्य सहकारी संस्था बागलुङको अध्यक्षमा सीता शर्मा चयन हुनुभएको छ ।

शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभाले शर्माको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा निर्माणकुमार श्रेष्ठ, सचिव सरोज पन्त, सहसचिव महेन्द्रप्रसाद पौडेल, कोषाध्यक्ष लालकुमारी बस्नेत र सदस्यहरुमा रोजिना राई क्षेत्री, निर्मला खड्का, जयराम सुवेदी, सिर्जना पाण्डे, प्रतिभा शर्मा र जमुना आचार्यलाई चयन गरेको हो । साधारण सभाले विश्वनाथ आचार्यको संयोजकत्वमा रञ्जना पन्त र सिर्जना अधिकारी सदस्य रहेको ३ सदस्यीय लेखा समिति पनि निरविरोध निर्वाचीत गरेको छ ।

धौलागिरीका स्वास्थ्य प्रति सचेत नागरिकहरुको भेलावाट यस क्षेत्रका नागरिकहरुलाई सक्षम भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापीत सहकारी संस्थाको चौथो वार्षिक साधारण सभाको उद्घाटन संस्थाका शेयर सदस्य एवं जैमीनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले गर्नुभयो । उद्घाटन पछि बोल्दै मेयर पौडेलले सबै भन्दा ठुलो जिवनमा स्वाथ्य भएकाले यसमा अस्पतालले सरल र सहज रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, ग्रिन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठ, लुङ्दी जलजला बहुउद्देश्यीय सहकारी संस्था पर्वतका अध्यक्ष राजु आचार्य, आईएमई लाइफ ईन्स्योरेन्स बागलुङ शाखाका प्रमुख जमुना आचार्य, सिवाईसी साकोसका सल्लाहाकार बद्रीप्रसाद पौडेल, निर्वाचन अधिकृत भुमिश्वर गौतम लगायतले मन्तव्य राख्नुभएको थियो ।

साधारणसभामा संस्थाको प्रस्तावित नीति तथा कार्यक्रम सचिव रामवहादुर के.सी., आर्थिक प्रगती कोषाध्यक्ष लालकुमारी बस्नेत र लेखा समितिको प्रतिवेदन लेखा संयोजक विश्वनाथ आचार्यले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमा साधारण सभाको बन्दसत्रमा व्यापक छलफल भई सर्वसम्मत रुपमा पारित भएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष चण्डीप्रसाद पौडेलको अध्यक्षता, सञ्चालक सदस्य खिमानन्द पौडेलको स्वागत र सचिव रामवहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।