९ औ साधारण शभा सम्पन्न

-- / प्रकाशित मिति : आइतवार, अशोज २८, २०७५

धौलागिरी एकिकृत ग्रामिण विकास केन्द (डिआईआरडिसी) बागलुङको ९औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन पछि बोल्दै संघिय सांसद मनकुमारी के.सीले गैरसरकारी संस्थाले आफ्नो वास्तविक उद्देश्य अनुरुप काम गर्न सके मात्र विकासको साझेदार बन्ने सक्ने बताउनुभयो । उहााले केन्द्रले फरक क्षमता भएकाहरुका लागि गरेको काम प्रशंसनीय भएको बताउनुभयो ।
अधिकार प्राप्त र विकास निर्माणको लागि जनतालाई सचेत र अग्रसर बनाउन गैरसरकारी संस्थाले खेलेको भूमीका महत्वपूर्ण रहेको उल्लेख गर्दे सांसद केसीले आर्थिक समृद्धिको सपनालाई व्यवहारिक बनाउन सवैसाग साझेदार गरेर अगाडी बढ्नुपर्ने धारण राख्नुभयो ।
कार्यक्रममा नेकपाका नेता श्रीप्रसाद शर्मा, पूर्व जिविस सभापति मोहनलाल शर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिष, बा.न.पा ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटा लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा डि.आई.आर.डि.सिका अध्यक्ष के.वि राना मगर धौलागिरी अञ्चल अस्पताल व्यबस्थापन समितिका अध्यक्ष र डि.आई.आर.डि.सिका उपाध्यक्ष शालिकराम शर्मा अञ्चल अस्पताल व्यवस्थापन समितिको सदस्यमा नियुक्ति भएकोमा शंस्थाको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
साधारणसभामा संस्थाका सचिव भुपाल चालिसेले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपेश थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको छ ।
कार्यक्रम सस्थाका अध्यक्ष केवि रानाको अध्यक्षता, संस्थाका उपाध्यक्ष शालिकराम शर्माको स्वागत र संस्थाका सचिव भुपाल चालिसेको संचालनमा सम्पन्न भएको थियो ।