सहकारीलाई उत्पादन साग जोडेर परिवर्तन : सांसद थापा

-- जिवन थापा मगर / प्रकाशित मिति : आइतवार, अशोज २८, २०७५

गण्डकी प्रदेश मामिला समितिका संयोजक कृष्ण थापाले सहकारीलाई उत्पादन जोड्न सके समाज परिवर्तन गर्न सकिने बनाउनुएको छ ।

बागलुङको बरेङ गाउापालिका वडा नम्बर १ धुल्लुबास्कोट बरेङ स्थित विहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औ वार्षिक साधारण सभाको उट्घाटन समारोहमा बोल्दै यस्तो बताउनुभएको हो ।
उहााले पुजिवादी र समाजबादी सिद्धान्त अङ्गालेका सवैले सहकारी अभियान अगालेका र कम्युनिष्टहरुले समाज परिवर्तनको मेरुदण्डको रुपमा ल्याउने गरेको बताउनुभयो । उहााले यदी सहकारी चलाउने हो भने समाजका सबै क्षेत्रको सहयोग आवस्यक रहेको बताउनुभयो ।
कतिपय सहकारी संस्थाहरु अव्यवस्थित भएको अवस्थामा सहकारीलाई व्यवस्थीत बनाउन आवस्यक रहेको उहााको भनाइ छ । गण्डकी प्रदेशमा सहकारी विधयेक पेश भएको र सो विद्येक पारित भएमा सहकारीमा आमुल परिवर्तन हुने उहााको भनाइ छ । फरक प्रसङगमा थापाले अधिकांश सांसद सभासद भएपछि चप्पल लगाएर हिड्नेहरु महलमा चढ्ने भएर निस्कने प्रवृत्तिले नेताहरुलाई जनताले विश्वास नगर्ने गरेको उहााको भनाई छ ।
कार्यक्रममा सहकारीको तर्फबाट हुग्दिशिर उद्यमशिल कृर्षि सहकारी संस्थाका अध्यक्ष्य मनिसा ढकाल, संस्थाका सल्लाहकारको तर्फबाट संस्थाका सल्लाहकार चित्र थापा, सम्पुर्ण शैक्षिक संस्थाको तर्फबाट सर्वोदय क्याम्पसका क्याम्पस प्रमुख फुलकुमारी शर्मा आर्चाय,लेखा समिति सयोजक ठगराज शर्मा,बरेङ गाउापालीकाको सम्पुर्ण वडा अध्यक्षहरुको तर्फबाट वडा नम्वर १ का अध्यक्ष नरसिंह पुन, जैमीनी नगरपालीका वडा नम्वर १० राङखानीका नरबहादुर थापा, सस्थाका प्रवन्धक शेखर थापा, रेडियो विहानीका स्टेशन को–अर्डिनेटर प्रकाश छन्त्याल,सम्पुर्ण संघसस्थाको तर्फबाट बरेङ गाउापालीका स्वास्थ्य प्रमुख पदमबहादुर पुन, बरेङ गाउापालीकाका उपाध्यक्ष दिलकुमारी पुन,विद्यालय व्यवस्थापन समितिको तर्फबाट सर्वोदय माविका व्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा जेष्ठ सदस्य कलाधर थापा, खेमराज पाध्या, मनिरत्न पाध्या, कुल बहादुर पुन, लाल बहादुर श्रेष्ठ, धनकला पौडेल, चुडामणी पौडेल, डिल बहादुर थापा, चन्द बहादुर पुन, देविदत्त पाध्या, टिकाराम उपाध्या, कुल बहादुर क्षेत्री, लिलबहादुर थापा, मन बहादुर सुनार, तुल बहादुर थापा लगाएत १६ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा उत्कृष्ट दैनिक बचतकर्ता, नियमित बचत कर्ता, नियमित कर्जा प्रवाह गर्ने सदस्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष पुर्ण बहादुर पुनको अध्यक्षता, दान बहादुर थापाको स्वागत मन्तव्य र मिन बहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।
संस्थामा हाल ९ सय ४४ सेयर सदस्यहरु रहेका छन । हाल संस्थाले १ करोड ५८ लाख ६३ हजार ४ करोड ९२ लाख ८१ हजार २ सय ३८ रुपयाा लगानी गरीएको छ ।