नयाा रुट हुादै गुर्जा हिमाल चढेका ९ आरोहीको मृत्यु

-- जिवन थापा मगर / प्रकाशित मिति : आइतवार, अशोज २८, २०७५

म्याग्दीको गुर्जा हिमाल (७१९३ मिटर) आरोहणका क्रममा चार नेपाली र ५ कोरियाली नागरिकको मृत्यु भएको छ ।

आरोहण दलका सबै सदस्य ३८ सय मिटर उचाईमा रहेको आधार शिविरमा बसेर हिमाल आरोहणको तयारी गर्दै गरेको अवस्थामा हिमआाधीले बगाएको हो ।

मृत्यु हुनेमा आरोहण दलका प्रमुख कोरियाका किम चाङ हो सहित लि जाइहुङ, रिम इल जीन, यु युङजिक, जेओङ जो मो रहनुभएको छ ।

आरोहण टोलीका नेपाली सदस्य संखुवासभा भोटखोला गाउापालिका ३ का छिरिङ भोटे, लाक्पा साङबु भोटे, फुर्वु भोटे र धौलागिरी गाउापालिकाका नेत्रबहादुर छन्त्याल रहेको आरोहण आयोजक एजेन्सी ट्रेकिङ क्याम्प नेपालका प्रमुख वाङछु शेर्पाले जानकारी दिनुभयो । यो आरोहण दल नयाा रुट भएर पहिलो पटक आरोहणमा गएको थियो ।

आधार शिविर भन्दा माथि गुर्जा हिमाल, चुरेन हिमाल र धौलागिरी ६ हिमाल हुादै हिउाआाधी आएर आरोहीहरूलाई पााच सय मिटर तलसम्म छरपष्ट बगाएको उद्धारमा पुगेका सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिदार्थजंग गुरुङले बताउनुभयो ।

यसैबिच, गूर्जा हिमालको आधार शिविरमा बेपत्ता पर्यटकहरुको शव देखिए पनि उद्धार हुन सकेको छैन ।

दक्ष जनशक्ति र उपकरण नहुादा बेपत्ता पर्यटकको शव देखिएपनि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

गूर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ७ जनाको शव देखिएको गूर्जाबाट वडा अध्यक्ष झकबहादुर छन्त्यालले टेलिफोनमा जानकारी दिनुभयो । बिहान हेलिकप्टरबाट हेर्दा ८ जनाको शव देखिए पनि स्थानीयवासिन्दा घटनास्थल पुगेर हेर्दा ७ जनाको मात्रै शव भेटिएको उहााले बताउनुभयो । खोंच र अप्ठ्यारो भिरमा रहेका कारण उपकरणविना शव उठाउन सकिएको छैन । देखिएका शव मध्ये ४ जना कोरियन, २ जना नेपाली मात्रै चिनिएको छ भने एकजना चिन्न नसक्ने अवस्थामा रहेको जानकारी आएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

सिम्रिक एअरको हेलिकप्टर पोखरा आएर बसेको हुादा आइतबार बिहान मात्रै बेपत्ता शवको उद्धार गरिने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । बेपत्ता भएकाहरुको खोजी गर्न गूर्जा गाउाबाट १६ जना स्थानीय घटनास्थल पुगेका थिए । गूर्जा गाउादेखि घटनास्थल गूर्जा हिमालको आधारशिविर पुग्न पााच घण्टाको समय लाग्ने वडा अध्यक्ष छन्त्यालको भनाइ छ ।

उहााले दिएको जानकारी अनुसार क्षतविक्षत अवस्थामा शवहरु रहेका छन् भने हिमआाधीका कारण यत्रतत्र टेन्ट समेत छरिएको छ । शनिवार बिहान उद्धारका लागि सिम्रिक एअरको हेलिकप्टर घटनास्थल पुगेपनि अवतरण हुन नसके पछि फर्किएको थियो ।