बागलुङका सबै स्थानीय तहमा नेकपाको पार्टी संयन्त्र गठन

-- बागलुङ / प्रकाशित मिति : शुक्रबार, अशोज २६, २०७५

तत्कालिन दुई राजनीतिक शक्ति नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकीकरणको एक वर्ष पछि तल्लो तहमा संगठन निर्माणले गति लिन थालेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बागलुङका सबै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको हो ।
पार्टीका गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ, सहइञ्चार्ज खगराज अधिकारी, प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपालीको उपस्थितिमा सम्पन्न नेकपा जिल्ला संयन्त्र बैठकले १० वटै स्थानीय तहमा संयन्त्र गठन छ ।
बैठकले नगरपालिकामा तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र को तर्फबाट ४÷४ जना रहने गरी ८ जना र गाउँपालिकामा ३÷३ जना गरी ६ जना रहने गरी संयन्त्र निर्माण गरेको छ ।
बागलुङ नगरपालिकामा गोविन्दराज गौतम, धनबहादुर परियार, गणेशबहादुर थापा, भरत पुरी, रेशम थापा, कुमार विक्रम क्षेत्री, टिकाकुमारी विक र चित्र रहेको संयन्त्र गठन गरेको छ ।
जैमिनी नगरपालिकामा भूपाल चालिसे, इन्द्र थापा मगर, चक्र थापा, रुद्र आचार्य, लालबहादुर परियार, शोभाप्रसाद शर्मा, झमन पाण्डे र प्रकाश पौडेल, ढोरपाटन नगरपालिकामा लक्ष्मण पुन मगर, केशर छन्त्याल, देवकुमार नेपाली, टंक पौडेल, चन्द्र अर्याल, शेरमान घर्ती, भिम गौतम, बलबहादुर श्रीपाली, सदस्य रहेको संयन्त्र गठन भएको छ । गल्कोट नगरपालिका संयन्त्रमा डम्मरबहादुर श्रीस, बुलबहादुर केसी, पदमबहादुर कार्की, पूर्ण काउचा, तिलक उप्रेती, गंगा भुजेल, चन्द्रदक्त रेग्मी र खिम साहनी रहनुभएको छ ।
त्यस्तै, काठेखोला गाउँपालिकामा डिल्लीराज गौतम, हुमाकुमारी जिसी, बालकृष्ण कँडेल, कृष्ण थापा, नवीन कँडेल, लक्ष्मी खडका, ताराखोला गाउँपालिकामा सञ्जयकुमार श्रेष्ठ, ऋषिराम रोका, धनप्रसाद बुढा, धनबहादुर विक, धनबहादुर खत्री, फूलमाया पुन रहनुभएको छ । बडिगाड गाउँपालिकमा तीर्थमणी भुषाल, विना थापा मगर, दिनेश शर्मा, विरेन्द्र बुढा, नरबहादुर क्षत्री, मिलन रेश्मी रहेको नेकपाका जिल्ला संयन्त्रका सदस्य लालबहादुर थापाले जानकारी दिनुभयो ।
उता, निसीखोला गाउँपालिकमा रुद्र पौडेल, लालविर लोप्चन, भूमिराज जिएम, प्रेम घर्ती, कुविर विक, कुशल बुढा, तमानखोला गाउँपालिकमा उदिम छन्त्याल, मोहित छन्त्याल, दलप्रसाद सापकोटा, देवबहादुर पुन, झकबहादुर विक र चन्द्रबहादुर विक रहेका छन भने बरेङ्ग गाउँपालिका संयन्त्रमा धनिश्वर पौडेल, पूर्ण खनाल, चेतबहादुर थापा, चिनिमाया काला, प्रदीप थापा मगर, मुकुन्द गौतम रहेको बताइएको छ ।
बैठकले सम्पूर्ण वडामा कात्र्तिकको पहिलो हप्ताभित्र तत्कालीन (एमाले) र तत्कालीन माओवादी केन्द्रको २÷२ जना गरी ४ सदस्यीय वडा संयन्त्रण गठन गर्ने निर्णय गरेको जिल्ला सदस्य ज्ञामनाथ गैरे अनिलले जानकारी दिनुभयो ।
सो अवसरमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको कामलाई प्रभावकारी बनाउने उद्देश्यले आवश्यक निर्देशन तथा संयोजक, समन्वय गर्नका लागि फमलाल निउरे, कृष्ण पाठक, ज्ञामनाथ गैरे, लालबहादुर थापा, राजिव घिमिरे रहेको ५ सदस्यीय जनप्रतिनिधि समन्वय संयन्त्र निर्माण गरेका छ ।
संयन्त्रले नियमित बैठक बस्ने, कार्यालय स्थापना गर्ने, पार्टी सदस्यता र चलअचल सम्पत्तिको एकीकृत गर्ने, वडास्तरका संयन्त्र गठन गर्ने र तिनका भेला, बैठक र प्रशिक्षण कार्यक्रम तोक्ने, चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने जिम्मेवारी पाएको पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला संयन्त्र बागलुङका सदस्य फमलाल निउरेठले जानकारी दिए । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि जिल्लागत एकीकरण शुरु भएको हो ।
निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मनकुमारी केसीले कानुन निर्माणमा सरकारले बढी ध्यान केन्द्रीत गर्दा अनुभूती हुने गरी काम गर्न नसकेको बताउँदै कानुन निर्माण पश्चात विकासको काम दुर्त गतिमा हुने बताउनुभएको थियो ।