मुटुरोग शिविरबाट छ सय बढी लाभान्वित ……..

-- धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५

म्याग्दीको रघुगंगा गाउापालिका–३ गायत्री मन्दिर परिसरमा विहिवार आयोजित नि:शुल्क मुटुरोग परिक्षण शिविरबाट छ सय जना बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
राखु समाज कल्याण समिति काठमाण्डौले गाउापालिकाको संयोजन र शहीद गंगालाल राष्ट्रिय हृदय केन्ऽको प्राविधिक सहयोगमा आयोजना गरेको शिविरमा सर्वसाधारणले मुटुरोगको परिक्षण गराएका हुन् ।
शिविरमा कुल ६ सय २ जनाले सेवा लिएको समाजका प्रवक्ता प्रविन कुमार मल्लले जानकारी दिनुभयो । एक दिने शिविरमा शहीद गंगालालका मुटुरोग विशेषज्ञ प्रा.डा. रबी मल्ल, डा. राकेश बहादुर अधिकारी लगायतका चिकित्सकहरुको टोलीले मुटु परिक्षण, परामर्श सेवा दिनुभएको थियो ।
शिविरमा म्याग्दीको ६ वटै स्थानीय तहसंगै पर्वतको जलजला गाउापालिकाका स्थानीयले मुटुरोगको परिक्षण सेवा लिएको रघुगंगा गाउापालिकाका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो ।
‘‘ उपचार गराउन सुविधा सम्पन्न अस्पतालसम्म पुग्न नसकेकाहरुलाई स्वास्थ्य परिक्षण गरि रोग पहिचान गर्न शिविरले सहयोग गरेको छ, उनीहरुको समेत अबस्था हेरेर थप उपचारलाई सहज बनाउन पहल गरेका छौा’’–अध्यक्ष भण्डारीले भन्नुभयो ।
शिविरमा स्वास्थ्य परिक्षणबाट पहिचान भएका मुटुरोगीहरुलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्ऽमा नि:शुल्क उपचारको प्रवन्ध मिलाईएको अस्पतालका मुटुरोग विशेषज्ञ डा.मल्लले बताउनुभयो । रोग पहिचान भएको विरामीमध्ये १५ बर्षमुनी र ७५ बर्षमाथिका मुटुरोगीको सम्पूर्ण उपचार नि:शुल्क हुने डाक्टर मल्लले बताउनुभयो ।