तीन दिनदेखि सम्र्पक विहीन खेलाडी मृत भेटिए………

-- धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५

तीन दिनदेखि सम्र्पक बिहीन म्याग्दीको धवलागिरी गाउापालिका ४ खाम्लाका एक युवाको बिहीबार शव भेटिएको छ ।
मंगलबार सााझदेखि सम्र्पक बिहीन भएका २५ वर्षीय मनबहादुर खड्का खाम्ला देखि ताकम जाने बाटोमा पर्ने भिरमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खड्काको शव परिक्षणका लागि बेनी स्थित अस्पतालमा ल्याइने प्रहरीले जनाएको छ । खड्काको मृत्युको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
मृतक खड्का भलिबल खेलाडी थिए । गाउापालिकाका उपाध्यक्ष रेशम छन्त्यालले खड्काले गाउापालिकाको प्रतिनिधित्व गरेर जिल्ला स्तरीय भलिबल प्रतियोगितामा सहभागी भएको बताउनुभयो ।